• २७ मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पुरस्कृत एवम् सम्मानित स्रष्टा छनौट




दाङ / राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले हरेक वर्ष प्रदान गर्ने पुरस्कारका लागि गठित पुरस्कार छनाैट समितिका संयाेजक कमलमणि देबकाेटाकाे अध्यक्षतामा चैत्र ११ गते घाेराहीमा सम्पन्न बैठकबाट पुरस्कृत स्रटाहरुको छनाैट गरेकाे छ ।

आव २०७९ का लागि पुरस्कृत हुने स्रष्टाहरुमा यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कारबाट वरिष्ठ साहित्यकार सुशील गाैतम् (हापुर ) र देवप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारबाट साहित्यकार छविकिरण वलीलाई प्रदान गर्ने निर्णय गरिएकाे छ ।

पुरस्कार छनाैट समितिका सदस्यहरूमा सङ्गीतकार सन्तोष श्रेष्ठ र शाखा सचिव प्रकाश के सी हुनुहुन्थ्यो ।
त्यसै गरी राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङकाे सम्पन्न बैठकबाट यसवर्ष सम्मान गर्ने सष्टाहरूमा वरिष्ठ साहित्यकार गणेश विषम, दाङ शाखाका पूर्व अध्यक्ष डा लाेकराज पराजुली, सल्लाहकार नगेन्द्रकुमार अाचार्य (नगेन्द्र गुरू)लाई सम्मान गर्न निर्यण गरेकाे छ ।

यही चैत्र २५ गते शनिबार घाेराहीमा सम्पन्न गरिने स्रष्टा सम्मान तथा काव्य उत्सव -२०७९ ( सम्मान तथा पुरस्कार समर्पण, पन्ध्रौं वार्षिक साधारणसभा, काव्य वाचन ) मा उपस्थिति लागि साहित्यकार, सम्मानित एवम् पुरस्कृत व्यक्तित्व, अक्षकाेष संस्थापक, अाजिवन सदस्य, पत्रकार तथा साहित्यानुरागि सबैमा परिषद् जिल्ला शाखा दाङले हार्दिक अनुराेध गरेकाे छ ।

Facebook Comments