• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता




सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने  विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा केही महत्वपूर्ण विधेयक तत्काल अगाडि बढाउने विषयमा उहाँहरुबीच छलफल भएको हो ।

प्रधानमन्त्रीका सचिवालयका अनुसार सदनका काम कारबाहीलाई थप प्रभावकारी र जनमुखी बनाउने विषयमा प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच छलफल भएको हो ।

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक अगाडि बढाउने तथा सङ्घीयता कार्यान्वयनसँग बाँकी रहेका अन्य विधेयक, ऐन कानुनको संशोधनलगायतका विषयमा पनि त्यस अवसरमा छलफल भएको बताइएको छ ।

Facebook Comments