• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपाका नेता ओलीलाई मातृशोक, चैत १६ मा शोकसभा हुने




नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य एवं पूर्वी गण्डक इञ्चार्ज चुडामणि ओली (आदर्श)लाई मातृशोक परेको छ । उहाँकी आमा टंकीकुमारी ओलीको ८५ वर्षको उमेरमा निधन भएको हो ।
दिवंगत ओलीको पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

अन्त्येष्टि गर्नु अघि नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिनुुभएको थियो । अन्त्येष्टिमा ठूलो संख्यामा नेता कार्यकर्ता र आफन्तजनको उपस्थिति रहेको थियो ।


पहिलो श्रद्धाञ्जली कार्यक्रम घरमै भएको थियो र अन्तिम श्रद्धाञ्जली कार्यक्रम पशुपति आर्यघाटमा पनि भएको थियो । चैत १६ गते पार्टीले ओली निवासी ललितपुरको गोदावरी १० न्यौपानेगाउँमा शोकसभा कार्यक्रम गर्ने भएको छ । शोकसभामा महासचिव विप्लव नै सहभागी हुने कार्यक्रम तय गरिएको नेकपाले जनाएको छ ।

नेकपाले अघि सारेको संस्कारअनुसार पाँच दिनमा मृत्यु संस्कार पूरा गरिने छ । जसअनुसार दोस्रो दिन वृक्षारोपण, तेस्रो दिन अक्षयकोष स्थापना, चौथो दिन राहत वितरण र पाँचौ दिन श्रद्धाञ्जली कार्यक्रम गर्ने गरिन्छ । माओवादी जनयुद्ध र प्रगतिशील संस्कारमा आधारित परिवार भएकाले परम्परागत काजकिरिया गरिएको छैन् ।

ओली लामो समयदेखि प्रेसर, सुगरसँगै आन्द्राको क्यान्सरवाट आक्रान्त हुनुहुन्थ्यो । उहाँका कान्छो छोरा खकेन्द्र वली जनयुद्धमा कपुरकोटको भिडन्तमा सहिद भएका थिए । माहिलो छोरा लाल बहादुर वली विश्व हाल नेकपाको केन्द्रिय प्रतिनिधि सदस्य हुनुुहन्छ । साइला छोरा अमरबहादुर ओली दाङ र काइला छोरा गंगाराम ओली बाँकेमा बसोबास गर्नुहुन्छ । त्यसैगरि छोरीहरु कली वली डांगी, कौशिला वली भण्डारी, भुमी देवी वली चन्द छन् भने बुहारीहरु प्रान्ता केसी वली, निर्मला कुमारी वली, सरिता चौधरी वली, रेखा शर्मा वली रहेका छन् । त्यसैगरी छोरीज्वाईहरु क्षेत्र बहादुर चन्द ‘किरण’ टंक बहादुर डांगी, वीर बहादुर भण्डारी रहेका छन् ।

Facebook Comments