• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुम पश्चिममा अटो दुर्घटना हुँदा  ६ जना घाइते, चालकको अवस्था गम्भीर




रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ सेरीगाउँमा अटो रिक्सा दुर्घटना भएको छ ।

रा १ ह ७१९९ नम्वरको अटो रिक्सा दुर्घटना हुँदा चालक सहित ६ जना घाईते भएका छन् ।

मुसिकोट नगरपालिकाका नगर प्रहरी सहायक निरिक्षक उमेश केसीका अनुसार मुसिकोट १ खलंगादेखि मुसिकोट १३ छिवाङ चौतारा जान लागेको रिक्सा सेरीगाउँनेर दुर्घटना भएको हो ।

अटो दुर्घटनामा मुसिकोट नगरपालिका १४ का ३१ वर्षिय अटो चालक रोशन बिष्ट सहित ६ जना घाईते हुनुभएको छ ।

दुर्घटनामा परेर मुसिकोट नगरपालिका ३ का वडा सदस्य ३२ वर्षिया खिमा खड्का, मुसिकोट १४ का ३१ वर्षिय बिर्खबहादुर बिष्ट, सोहि गाउँका १४ वर्षिय सरिता ओली विष्ट, सानीभेरी गाउँपालिका ९ का २३ वर्षिय रनबहादुर विष्ट र निजकाे ६ बर्षिया छाेरी सपना बिष्ट घाईते हुनुभएको छ ।

घाईते मध्य चालक रोशन बिष्टको अवस्था गम्भिर रहेको बताईएको छ । अन्यको अवस्था भने सामान्य रहेको छ ।

घाईतेहरु सबैलाई मुसिकोट नगरपालिकाको एम्बुलेन्स मार्फत जिल्ला अस्पताल सल्लेमा लिईएको नगर प्रहरी सहायक निरिक्षक उमेश केसीले जानकारी दिनुभयो ।

Facebook Comments