• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गुरुकुलको ८ औं दीक्षान्त कार्यक्रम, बालबालिकाको मनोविज्ञान बुझेर अध्यापन गराउनुपर्नेमा जोड




दाङ, ११ चैत्र । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष सविन प्रियासनले बालबालिकाको मनोविज्ञान बुझेर अध्यापन गराउनु पर्ने बताउनुभएको छ । घोराही उप महानगरपालिका वडा नं १५ मा रहेको गुरुकुल ऐकेडेमीको ८ औं दीक्षान्त समारोह तथा हजुरवुवा हजुरआमा सम्मान कार्यक्रमको उद्घाटन गदै उँहाले यस्तो बताउनुभएको हो ।

बालबालिकाहरुको मनोविज्ञान बुझेर शिक्षण सिकाई गर्दा सिकाइ उपलब्धि प्रभावकारी हुन सक्ने उँहाले बताउनुभयो। ‘विद्यार्थीहरुलाई दवाब दिएर सिकाइ उपलब्धी हुदैन ’ उँहाले भन्नुभयो।

त्यसै अनुसार शिक्षण सिकाइ अगाडि बढाउन शिक्षकहरुलाइ उँहाले आग्रह समेत गर्नुभयो । विद्यार्थीहरुलाई अरुसँग तुलना गर्न नहुने भन्दै उँहाले अभिभावकहरुले विद्यार्थीलाइ अरु यस्तो, उस्तो भनेर तुलना गर्न नहुने बताउनुभयो ।

यसले बालवालिकाहरुलाई नकारात्मक सोचको विकास गराउने उँहाको भनाइ रहेको छ । पछिल्लो समयमा शिक्षामा निजी क्षेत्रको लगानी वढदै गएको समेत उँहाले बताउनुभयो । यसले शिक्षाको विकासमा सहयोग पुग्ने समेत उँहाको भनाइ रहेको छ । ‘पहिले निजी क्षेत्रलाई नाफा कमाउने दृष्टिले मात्र हेर्ने गरिन्थ्यो अहिले परिवर्तन भएको छ ’ प्रियासनले भन्नुभयो । विद्यालयका विद्यार्थी सङ्ख्या बढाउनभन्दा पनि गुणस्तरीय शिक्षा दिन विद्यालयहरु लाग्नु पर्ने समेत उँहाले बताउनुभयो ।

कार्यक्रममा वोल्ने वक्ताहरुले गुरुकुल एकेडेमी स्थापना भएको छोटो समयमा नै राम्रो सफलता हाँसिल गर्न सफल भएको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरेका थिए । उनीहरुले शिक्षासँगै विद्यार्थीहरुलाई संस्कार सिकाउन लाग्नु पर्ने बताएका थिए । विद्यालयका प्रिन्सिपल डा. कृष्णराज डिसिले प्रविधिको प्रयोग गरेर शिक्षण सिकाइ अगाडि बढाइएको बताउनुभयो । पुर्ण मानव श्रृजना गर्ने मुल ध्ययका साथ संचालनमा आएको गुरुकुल एकेडेमिले बिद्यार्थिहरुलाई दिइने शिक्षण सिकाईमा कुनै कमजोरी नहुने बताउनुभएको थियो ।

साथै कार्यक्रममा उपस्थित सबै अभिभावहरुलाई धन्यबाद समेत प्रदान गनुभएको थियो । आज भएको दिक्षान्त कार्यक्रममा प्रि २ का ३१ जना बिद्यार्थिहरुलाई दिक्षान्त गरीएको हो भने प्रि १ र २ का बिद्यार्थिहरुका हजुरबुवा हजुरआमाहरुलाई सम्मान गरीएको थियो । सो अवशरमा बिद्यार्थिहरुले बिभिन्न नृत्य प्रस्तुत गरेको थिए भने मन्टेस्वरीका शिक्षिकाहररुले पनि नृत्य प्रस्तुत गरेका थिय । आर्यक्रममा बिद्याललाई महत्वपुर्ण योगदान

दिनुभएका ब्यक्तिहरुलाई सम्मान गरीएको थियो । सम्मानित हुनेहरुमा बिद्यालयका पुर्व प्रशासन प्रमुख नरेन्द्र देवकोटा , बिद्यालयका शैक्षिक निर्देशक योगेश कुमार गोइत पुर्व मन्टेस्वरी संयोजक गोमा भन्डारी र कार्यक्रमका प्रमुख अतिथि सविन प्रियासनलाई सम्मान गरीएको थियो ।

कार्यक्रममा गुरुकुल एकेडेमिको पुर्व मन्टेश्वरी संयोजक गोमा भन्डारी ,बिद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरी ,अभिभावक सोनम चौरासिया र प्रि २ का बिद्यार्थिहरुले मन्तब्य राख्नुभएको थियो ।

विद्यालयका प्रिन्सिपल डा. कृष्णराज डिसीको अध्यक्षता तथा विद्यालयका मन्टेश्वरी संयोजक लोचना पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षिका रेशु राउतले गर्नुभएको थियो । विद्यालयमा अहिले कक्षा १२ सम्म पढाइ हुदै आएको छ ।

बिद्यालयमा अहिले प्ले ग्रुप देखि कक्षा ९ सम्म सिमित सिटमा भर्ना समेत खुलेको छ ।

Facebook Comments