• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीमा गुञ्जीए क्रान्ति, परिवर्तन र एकताका गीतहरु




घोराही / ‘राष्ट्रका लागि संगीत अभियात्रा’ लिएर दाङ आएको जनवादी कलाकारहरुको टोलीले  आफ्नो प्रस्तुती राखेका छन् । शहिदको सपना सम्झाउने, आर्थिक, सामाजिक, राजनीति अवस्था सुधार्ने अस्थिरताको अन्त्य गर्ने उद्देश्यसहित देश दौडाहामा निस्किएको जनवादी कालकारको टोलीले शुक्रबार  घोराहीको सभागृहमा आफ्नो प्रस्तुती राखेका हुन् ।

कार्यक्रममा क्रान्ति, परिवर्तन र एकताका गीतहरु गुञ्जाउँदै देश परिवेश अनि अहिलेको अवस्थाका बारेमा बोध गराएको जनवादी कलाकारको टोलीले आफ्नो प्रस्तुति राखेका थिए । कलाकारको टोलीमा जनवादी गीतकार तथा संगीतकार मणी थापा, जनवादी गायक उदय श्रेष्ठ, माधव प्रधान, जीवन शर्मा, कुस्मिता दर्लामी, मोहिन श्रेष्ठ, कर्ण विद्रोही, चिरन पुन, निलिमा पुन, उदय रिजाल, लक्ष्मण पाख्रीन, कविता पुन, सन्ध्या मगर, साहित्यकार तथा जनवादी गायक नारायण शर्मा, प्रगति महरा, उदय रिजाल, अनु शर्मालगायत स्थानीय जनवादी कलाकारको प्रस्तुति राखिएको थियो ।

सबै प्रदेशमा कार्यक्रम गरेर देशमा एकताको सन्देश छर्ने उद्देश्यका साथ अभियात्राको थालनी गरिएको कार्यक्रम आज घोराहीमा सम्पन्न भएको छ । वरिष्ठ जनवादी गायक जीवन शर्माले जनता जगाउँदा, देश बनाउने गित गाउँदा जनवादी कलाकारले ठूलै गल्ती गरेको जसरी राज्य संचालकहरुको दृष्टिकोण बनेको जस्तो अवस्था सिर्जना भएको भन्दै दुखेसो पोख्नुभयो ।

राष्ट्रिय एकतालाई मजबुद बनाउन जनकलाकारले संगीत अभियात्रा थालनी गर्नु भनेको वामपन्थी विचारधाराका शक्तिहरु एक ठाउँमा उभिन सकून् भन्ने पनि रहेको उहाँको भनाई थियो । संगीतको माध्यमबाट सरकारको समालोचना गदै जनताको जनजीविकाका सवालमा आवाज उठाउँदै सरकारलाई जनउत्तरदायी बनाउने आफुहरुको अभियान रहेको जनकलाकार समेत रहनु भएका पूर्वमन्त्री मणि थापाले बताउनुभयो ।

चैत ४ गते कैलालीबाट शुरु भएको अभियात्रा बिभिन्न ११ स्थानमा कार्यक्रम गरी बैशाख ५ गते काठमाडौमा कार्यक्रमको आयोजना गरि समापन गरिने उहाँले बताउनुभयो । यसबीचमा बुटवल, चितवन, हेटौडा, बर्दिबास, सुनसरी, पोखरालगायत स्थानमा कार्यक्रम हुने आयोजकले जनाएको छ ।

Facebook Comments