घोराही, १० चैत/ नायक पल शाहलाई गृहजिल्ला दाङमा नागरिक अभिनन्दन गरिने भएको छ । शनिवार भव्य कार्यक्रमकाबिच शाहलाई घोराहीमा स्वागत सहित नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । अनाथ बालबालिकाको सहयोगार्थ घोराहीमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरि शाहलाई स्वागत र अभिनन्दन गरिदैछ ।
डि टेन नेपाल ईन्टरटेनमेन्ट मिडिया प्रा.लिले आयोजनामा तीन दिने ‘घोराही बृहत सांस्कृतिक कार्यक्रम–२०७९’ को तेस्रो दिन शनिवार पललाई स्वागत गर्ने कार्यक्रम रहेको आयोजक मूल समितिले जानकारी दिएको छ । घोराही १४ झिँगौरामा आयोजना गरिएको कार्यक्रमकालागी पल शाह शुक्रवार गृह जिल्ला दाङ आउदै छन् । कार्यक्रममा शनिवार पल शाहको प्रस्तुति रहने छ । पलसँगै शनिवार अन्य कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक समितिका संयोजक कमल विष्टले जानकारी दिनुभयो ।
नायक पल शाहले कार्यक्रममा उपस्थितिकालागी सम्पूर्ण दंगालीहरुमा अनुरोध गर्नुभएको छ । टेलिफोन कुराकानी गर्दै पलले दंगालीहरुको मायाले गृह जिल्लाको कार्यक्रमकालागी दाङ आउदै गरेको भन्दै उहाँले कार्यक्रममा भेट्न सम्पूर्ण दर्शकहरुमा अनुरोध गर्नुभयो ।
नायक तथा मोडल पल शाह दाङको रामपुरमा जन्मीएका हुन् । म्युजिक भिडियोबाट अभिनय यात्रा सुरु गरेका शाह पछिल्लो समय चलचित्र क्षेत्रमा लोकप्रीय नायकको रुपमा परिचित छन् । उनको ब्यक्तित्व र सुन्दरताका कारण नेपाली चलचित्र जगतमा छोटो समयमा नै लोकप्रियता कमाएका छन् ।
गंगा मावि रामपुरमा मावि तहको अध्ययन गरेका पल ‘तिम्रो यादमा रुन्छु अचेल’ बोलको गीतबाट कलाकारितामा औपचारिक रुपमा यात्रा सुरु गरेका थिए । त्यसपछि उनको अभिनय यात्रा एकपछि अर्को अबसर सँगै सफल बन्दै गयो । उनी अभिनित धेरैजसो गीत चर्चित छन् । उनको पहिलो चलचित्र ‘नाई नभन्नु ल ४’ हो । उनको चर्चीत म्यूजिक भिडियोहरुमा ‘को होला त्यो, हनि बनी, आइ लभ यू, फिदा, पुनर्जन्म’ हुन् । यस्तै उनले अभिनय गरेका चलचित्रहरु ‘नाइ नभन्नु ल–४, म यस्तो गीत गाउँछु, जोनी जेन्टलमेन, सत्रु गते, बीर बीक्रम, म यस्तो गीत गाउछु–२’ चर्चीत छन् । म यस्तो गीत गाउछु–२ उनको पछिल्लो चलचित्र हो ।
पल वेष्ट डेब्यु एक्टर अवार्ड, बेष्ट डेब्यु आर्टिष्ट अवार्ड, विन्ध्यावसिनी सङ्गीत पुरस्कार, आठौँ डि सिने पुरस्कार, एनएफडिसी पुरस्कार, सुर्य चलचित्र पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।