शिवु खनाल
देउखुरी, ८ चैत /दाङमा लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनिहरूलाई ९।२३० ग्राम सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरूमा गढवा गाउँपालिका वडा नम्बर ४ अजगढवा निवासी ३५ वर्षिय सद्दाम मनिहार, २ नम्बर वडा निवासी २५ वर्षिय मनोज चौधरी, ४ नम्बर वडा उठैया निवासी २४ वर्षिय अनिल पछाई, वडा नम्बर ४ पर्सा निवासी २७ वर्षिय प्रदिप चौधरी र घोराही उपमहानगरपालिका वडा नम्बर १५ भरतपुर निवासी १९ वर्षिय त्रिशक्ति बर्तौँला रहेका छन् । 

गढवा गाउँपालिका वडा नम्बर ४ पर्साबाट मंगलवार गए राति करिब दशबजे खाली घरबाट पाँचजनालाई लागु औसध सहित बसिरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन ओलीको नेतृत्वमा गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजन कुमार गौतमले जानकारी दिनु भयो ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
