• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङको महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनमा २१३२ मत खस्यो




दाङ, ८ चैत ।
दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको लागि आज मतदान सम्पन्न भएको छ ।  बिहान ८ बजेदेखि सुरु मतदान शान्तिपूर्ण ढंगले सम्पन्न भएको हो  । अपराह्न ४ बजेसम्म चलेको मतदानमा २१ सय ३२ मत  मात्रै खसेको निर्वाचन अधिकृत कुलबीर चौधरीले जानकारी दिनुभएको छ ।
May be an image of 2 people, people standing and outdoors
क्याम्पसमा ५ हजार ९ सय ४० मतदाता रहेकोमा २ हजार १ सय ३२ मत मात्रै खसेको हो । अव केही वेरमा मत गणना सुरु गर्ने तयारी भैरहेको छ ।  निर्वाचनका लागि दिनभर क्याम्पसमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो । यसअघि अखिल क्रान्तिकारी विप्लवले क्याम्पसमा तालाबन्दी गरेपछि  चैत ५ मा हुने भनिएको निर्वाचन स्थगित भएको थियो ।
May be an image of 15 people, people sitting, people standing and outdoors
क्याम्पस प्रशासनले अनाधिकृत रुपमा खाली परिचयपत्र क्याम्पसको छाप लगाएर वितरण गरेको भन्दै विप्लवका कार्यकर्ताहरुले तालाबन्दी गरेका थिए । निर्वाचनमा एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र जनमोर्चा निकट अखिल छैटौंले चुनावी तालमेल गरेका छन् भने नेवि संघ, तथा स्वतन्त्र विद्यार्थि पनि चुनावी प्रतिसपर्धामा छन् ।
Facebook Comments