• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लिवाङमा अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइयो




खुमबहादुर सुनार
लिवाङ /  अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मंगलबार रोल्पाको लिवाङमा मनाइएको छ । संयुक्त दलित जन अधिकार मञ्च रोल्पा र महिला मानव अधिकार रक्षका सञ्जाल रोल्पाको समन्वय तथा व्यवस्थापनमा उक्त कार्यक्रम जिल्ला समन्वय समिति रोल्पाको नयाँ सभाहलमा मनाइएको हो ।

उक्त कार्यक्रमको शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि रहनुभएका रोल्पा नगरपालिका नगर प्रमुख सुरेन्द्र थापा घर्तीले जनयुद्धको समयमा बढी रोल्पामा जनजाति र दलितहरू पनि सहिद भएका छन् । यति मात्र नभएर एक जातिले अर्को जातिले विभिन्न कारणमा हेप्ने, होच्याउने , दमन गर्ने परम्परागत रूपमा आएको चलाउनै हो भने सोच्ने र यसलाई अन्त्य गर्नुपर्ने बताउनुभयो । अधिकार प्राप्त गर्नको लागि जो हेपाइमा छ जो जो अन्यायमा परेको छ उक्त ब्यक्ति अधिकार प्रप्त गर्न अघि बढ्नुपर्ने बताउनुभयो । जातीय छुवाछूत अन्त्य गर्नको लागि आफैले आफ्नो मानसिकता र व्यवहार परिवर्तन गर्न सबैलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिस्ट अतिथिका रूपमा रहनुभएका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जातीय विभेद भएमा प्रतिरोध गर्नुपर्ने वा कानुनी उपचार खोज्नुपर्ने आग्रह गर्नुभयो । जातीय विभेद भएको कारण थर परिवर्तन गर्ने गरेको मा थर परिवर्तन गरेर भन्दा आफ्नो चेतना परिवर्तन गर्नुपर्ने देखिएको बताउनु भयो । आफ्नो न्यायको लागि सधै ओकालत गर्न आग्रह गर्नुभएको छ । साथै भोलिको दिनमा विभेद मुक्त बनोस् भन्दै सुभकामना समेत व्यक्त गर्नुभएको थियो ।

जिल्ला समन्वय समिती रोल्पाका उपप्रमुख तथा संयुक्त दलित अधिकार मञ्च रोल्पा अध्यक्ष कर्मलाल परियारको अध्यक्षतामा सुरुवात भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचन मगर, नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक अध्यक्ष काँशीराम डागीँ, नेपाल पत्रकार महासंघ रोल्पाका पुर्व अध्यक्ष खेम बुढा, नेपाली काग्रेसँ रोल्पाका सचिव शेरबहादुर थापा, संयुक्त दलित मानव अधिकार मञ्चका सह–संयोजक मोहन परियार, श्री बल कल्याण माध्यमिक विद्यालय रोल्पाका शिक्षक धनसिंह विः क मानव अधिकार कर्मी श्रीकुमारी घर्ती लगाएत विभिन्न मिडियामा आबद्ध पत्रकार मानव अधिकार कर्मी, विद्यार्थी लगाएतको उपस्थित रहेको थियोे ।

महिला मानव अधिकार रक्षककी अध्यक्ष तिर्था आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालक संयुक्त दलित अधिकार मञ्च रोल्पाका सचिव टिकाराम परियारले गर्नुभएको थियो ।

 

Facebook Comments