• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संकटमा स्थानीय अर्थतन्त्र, विस्थापित हुँदै व्यावसाय




अमरराज आचार्य

दाङ, ८ चैत । जिल्लाको सदरमुकाम घोराहीको मेन रोडमा धेरै सटरहरुमा यो सटर भाँडामा रहेको छ भाँडामा लिन चाहनेहरुले सम्पर्क गर्नु होला भनेर लेखिएको देखिन्छ । निमाहल रोडम, न्युरोड, बैक रोड, शहित गेट रोड, नया बजारका मुख्य सडक तथा व्यापारीक मार्केटहरुमा पनि उस्तै अवस्था छ ।

सटर खाली भएको सुचना टासेको लामो समय भएपनि भाँडामा समेत जान सकेका छैनन् । घोराहीमा मात्र होइन तुलसीपुर बजार, लमही बजार तथा बजारी क्षेत्रको अवस्था पनि उस्तै रहेको छ । पछिल्लो सयम जिल्लामा दैनिक व्यापारीक सटरहरु खाली हुने क्रम वढदै गएका छन् । अफिस, बैंक तथा पसलका लागि सम्पर्क फोन नम्बर सहित लेखेर टाँसेका छन् । त्यसरी सूचना टाँसेको धेरै महिना भइसकेको छ । अझै ती फ्ल्याटहरु भाडामा गएका छैनन् ।

विगतमा यस्ता सटर भाडामा लिन अतिरिक्त पैसा बुझाउनु पर्ने अवस्था थियो । रुस–युक्रेन युद्धले विश्व बजारमा देखिएको आर्थिक मन्दी र त्यसले नेपालमा निम्त्याउन सक्ने विदेशी मुद्रा सञ्चितिको जोखिम नियन्त्रणका लागि भन्दै राष्ट्र बैंकले लिएको मौद्रिक नीति र चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ का कारणले व्यापार–व्यवसाय खुम्चिन जाँदा यस्तो अवस्था आएको व्यवसायीहरु बताउँछन् । अहिले उद्योग तथा व्यवसाय छाडेर विदेशी जानेहरुको समेत वढेको छ ।

विभिन्न समस्याले गर्दा उद्योगी तथा व्यवसायीहरु विस्थापित हुने क्रम बढेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीले बताए । ‘दैनिक उद्योगी तथा व्यवसायीहरु विस्थापित हुने क्रम बढदै गएको छ ’ अध्यक्ष वुढाथोकीले भने । कोभिड, आर्थिक मन्दी घर भाडा एवम बैकको बृद्धि जस्ता कारणले उद्योगी तथा व्यवसायीहरु विस्थापित हुने क्रम वढेको उनको भनाइ रहेको छ । राज्यले समयमा नै समस्याको समाधान नगरे अझै धेरै उद्योगी तथा व्यवसायीहरु विस्थापित अध्यक्ष वुढाथोकी बताउछन् ।

‘व्यापार व्यवसाय दैनिक घटदै गएको छ बैक व्याज बढदै गएको छ यसले धेरै समयस्या भएको छ’ उनले भने । घोराहीमा मात्र करिव २ सय वढी वढी सटर खाली भइ सकेको उनी बताउछन् । ‘केही समय यता घोराहीमा मात्र उद्योगी तथा व्यवसायीहरु विस्थापित भएर २ सय भन्दा वढी सटर खाली भइ सकेका छन् यो क्रम निरन्तर चलि रहेको छ’ उनले भने । तुलसीपुमा क्षेत्रमा पनि उद्योगी तथा व्यवसायीहरु विस्थापित हुने क्रम जारी रहेको तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव विनील के सीले जानकारी दिए । तुलसीपुर क्षेत्रमा १ सय भन्दा वढी उद्योग तथा व्यवसायीहरु विस्थापित भइ सकेको समेत महासचिव केसी बताउछन् । भने २ सय भन्दा वढीले उद्योग, व्यवसाय नै बिक्री गर्न खोजि रहेका छन् ।

‘अहिले उद्योगी तथा व्यवसायीहरुको यस क्षेत्र बाट अलग हुन खोजेको पाएका छौ’ उनले भने । सबै क्षेत्रमा उद्योग तथा व्यवसायमा आर्थिक मन्दी, बैक व्याजले प्रभाव पारेको उनको भनाइ रहेको छ । ‘एउटा क्षेत्रको उद्योग व्यवसायलाइ मात्र नभइ सबै क्षेत्रमा प्रभाव परेको छ ’ महासचिव के सीले भने ।

देउखुरी क्षेत्रमा पनि उद्योगी तथा व्यवसायीहरु विस्थापित हुने क्रम जारी रहेको देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले जानकारी दिए । देउखुरी क्षेत्रमा करिव १० प्रतिशत उद्योगी तथा व्यवसायीहरु विस्थापित भएको उनका भनाइ रहेको छ । ‘अहिले भाँडामा गएका सटरहरु खाली भइ रहेका छन् भने नया घरका सटरहरु भाँडामा जान सकेका छैनन ’ उनले भने । मार्थिक मन्दी तथा बैकको ब्याज वृद्धिले धेरै उद्योगी तथा व्यवसायीहरु विस्थापित हुन पुगेको अध्यक्ष खनालको भनाइ रहेको छ । वजार समेत सुन सान हुदै गएको उनले बताए ।

अहिले बजारमा चहल पहल समेत देखिदैन व्यापार व्यवसाय समेत घटदै गएको छ’ उनले भने । यस तर्फ राज्यको ध्यान पुग्न नसकेको उनको भनाइ रहेको छ । अहिले पँुजिगत बजेट खर्च समेत खर्च हुन नसक्दा व्यापार व्यवसायमा असर पुगेको छ । विकास निर्माणका काम नहुदा मजदुरहरुले समेत रोजगारी पाउन सकेका छैनन । जसले गर्दा उनीहरुको जिवन यापनमा समेत समस्या हुने गरेको अध्यक्ष खनालको भनाइ रहेको छ ।

दोस्रो चौमासि सम्म २ सय ७३ वटा फर्म बन्द

जिल्लामा चालु आर्थिक वर्ष २०७९/०८० को दोस्रो चौमासिक फागुन मसान्त सम्ममा २ सय ७३ वटा उद्योग तथा वाणिज्य फर्महरु वन्द भएका छन् । आधाकारीक रुपमा घरेलु तथा साना उद्योग कार्यालयमा गएर वन्द गराएकाहरुको सङख्या यो भए पनि वन्द हुने सङख्या भने धेरै नै रहेको व्यावसायीहरु बताउछन् । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योग तथा वाणिज्य गरेर २ सय ७३ वटा फर्म बन्द भएको घरलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख लालबहादुर गुरुङले जानकारी दिए । यसरी बन्द भएका मध्ये १ सय ३० वटा उद्योग र १ सय ४३ वटा वाणिज्य तर्फको रहेको प्रमुख गुरुङको भनाइ रहेको छ ।

फर्म वन्द गराउने अधिकाशले व्यापार घाटा लागेको, परिवारको सदस्य विदेश गएको आफुले चलाउन नसक्ने, आफु विदेश जान थालेको, नविकरण नहुने खालको जस्ता कारण बताउने गरेको उनले बताए । कार्यालयले पछिल्लो २ महिना यता किन बन्द गराउन लागेको भनेर कारण समेत खोजी गर्न थालेको प्रमुख गुरुङ बताउछन् ।

पहिले वन्द गारउनेहरु लाई सामान्य रुपमा सोधेने गरिए पनि अहिले लिखित रुपमा बन्द गराउने कारण माग गर्ने गरिएको छ । ‘२ महिना अघि देखि हामीले बन्द गर्नुको कारणको खोजि रहेका छौ तर बैकको व्याज कारणले कसैले उल्लेख गर्नु भएको छैन’ उनले भने ।

फागुन मसान्त सम्ममा उद्योग र वाणिज्य गरेर १ हजार १ सय ७४ वटा फर्म दर्ता भएका छन् । जसमा उद्योग तर्फ ५ सय ५६ वटा र वाणिज्य तर्फ ६ सय १८ वटा फर्म दर्ता भएको कार्यालय प्रमुख गुरुङ बताउछन् ।

Facebook Comments