• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्तीमा ७ दिने नि:शुल्क आँखा शिविर सञ्चालन हुने




तुल बहादुर कवँर मगर / दाङको राप्ती गाउँपालिकामा ७ दिने निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।

राप्ती गाँउपालिकाका अध्यक्ष प्रकाश विष्टकाे विशेष पहल तथा तिलगंगा आँखा प्रतिष्ठान गाैशाला काठमाडौं ,तिलगंगा शल्यक्रिया आँखा केन्द्र सिसहनियाँ दाङको प्राविधिक सहयोग र राप्ती गाउँपालिकाको आयोजनामा शिविर सञ्चालन गर्न लागिएको हो ।

राप्ती गाउँपालिका भित्रका विभिन्न स्थानमा आर्थिक अभावमा कारण आँखा उपचारबाट बन्चित भएका नागरिकहरुका लागि निशुल्क आँखा उपचार गर्ने उद्येश्यले साे शिविर संचालन गर्न लगिएकाे गाउँ पालिकाका अध्यक्ष विष्टले बताउनुभयो ।

त्यस्तो उहाँले गाउँघरमा धेरैजसो न्यून आयस्तर भएका नागरिक, गरिब, विपन्नको बसोबास हुने र उनीहरूकाे स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन आर्थिक अभावले गर्दा रोगसँग दिनहुँ लडेर बसिरहन बाध्य हुने भएकाले यस शिविरले गाउँका नागरिकलाई धेरै फाइदा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

उहाँका अनुसार पालिकाकाे सात स्थानमा आँखाको जाँच गरिने र सामान्य उपचार गरिने छ।

चैतको १० गते सुरु गरिने शिविरको पहिलो दिन पत्थरगडवा सामुदायिक स्वास्थ इकाईमा, दोस्राे दिन माैरीघाट सामुदायिक स्वास्थ्य इकाईमा,तेस्रो दिन भालुबाङ अस्पतालमा ,चौथो दिन देविकाेट सामुदायिक स्वास्थ इकाईमा, पाचौ दिन करङ्गेकाेट हेल्थहटमा,छैठौं दिन लालमटिया महिला भवनमा र साताै दिन सिसहनिया स्वास्थ चौकीमा बिरामीहरुको आँखाको परिक्षण र सामान्य उपचार गरिने गाउँपालिकाले जनाएको छ ।

पालिकाले दिएको जानकारि अनुसार उक्त सात स्थानमा छनौट भएका मोतिबिन्दुका विरामिहरुको तिलगंगा सर्जिकल आँखा उपचार केन्द्र सिसहनियामा २०७९ चैत २० र २१ गते तिलगंगा आँखा प्रतिष्ठान गाैशाला काठमाडौं बाट आउनु हुने बरिष्ठ नेत्र राेग विशेषज्ञ टोलि द्वारा नि:शुल्क सल्यक्रिया गरिनेछ ।

निशुल्क आँखा उपचार शिविरमा सहभागि भई लाभ लिन गाउँ पालिकाले सम्पूर्ण सर्वसाधारणहरुलाई आग्रह समेत गरेको छ ।

Facebook Comments