दाङ / दाङमा जंगली जनावरको २० किलो सुकुटी बोकेर हिडिरेहका एक ब्यक्तीलाई पक्राउ गरेको छ । राजपुर गाउँपालिका ७ निवासी ४९ वर्षीय कमानसिंह विकले जनावरको सुकुटी बोकेर हिडिरहेको सूचना पाएपछि खोजतलास गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन कुमार गौतमका अनुसार प्लाष्टिकका दुई वटा बोरामा सुकुटी लिएर हिडिरेहका विकलाई राजपुर गाउँपालिका ५ नौसरा नजिकै हुलाकी राजमार्गबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका विकलाई अनुसन्धानकालागि बन डिभिजन कार्यालय लमहीमा बुझाईएको छ ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
