• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाल बैंक दाङ शाखाद्वारा मावि धर्नामा वित्तीय साक्षरता कार्यक्रम




घोराही, ७ चैत । विश्वव्यापी मुद्रा सप्ताह २०२३(Global Money week-2023)  अन्तर्गत नेपाल बैंक लिमिटेड दाङ शाखाले घोराही ५ धर्नामा रहेको महेन्द्र मावि धर्नामा एकदिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा अध्ययनरत करिव १०० जना भन्दा बढि बिद्यार्थीहरुको उपस्थितीमा उक्त कार्यक्रम संचालन गरिएको बैंकले जनाएको छ ।No description available.

बदलिदो समयमा बित्तीय कारोवार अनिवार्य र अपरिहार्य बन्दै गएकाले बित्तीय जानकारी सबैलाई हुनुुपर्ने तथा अहिलेको समयमा देखिएको अर्थतन्त्र सम्बन्धमा देखिएका समस्या समाधान का लागि हरेक व्यक्तिमा वित्तीय चेतना हुनुपर्ने भएका कारण विश्वव्यापी मुद्रा सप्ताह २०२३ को साप्ताहिक कार्यक्रमको अवसर पारेर विद्यार्थीलाई अभिमुुखिकरण गरिएको बैंकका कर्मचारीले संजय पाण्डेले जानकारी दिनुभयो ।No description available.

बैंकका सहायक प्रबन्धक नवराज आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा शाखाका कर्मचारी दिपक वलि, शाखा प्रबन्धक केशव सुवेदी, बिशिष्ट अतिथी बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जित बहादुर केसि, प्रमुख अतिथी एंव विधालयका प्रधानाध्यापक ऋषि राज अधिकारी लगायतकाले आर्थिक बचतले जीवनमा पुु¥याउने सहयोग र वित्तिय साक्षरताले दिने फाईदा तथा डिजिटल कारोवार एंव बैकिङ तथा वित्तीय क्षेत्रकोबारेमा विद्यार्थीहरुलाई जानकारी गराउनुभएको थियो ।No description available.

बैंकका शाखा प्रबन्धक केशव सुवेदी को अध्यक्षता, विद्यालयका प्रधानाध्यापक ऋषि राज अधिकारि को प्रमुख आतिथ्यतामा एंव व्यवस्थापन समितिका अध्यक्ष जित बहादुर केसि को बिशिस्ट आतिथ्यता, बिद्यालयका शिक्षक शिक्षिका को आतिथ्यता एंव विद्यालयमा अध्यनरत १०० जना बढि विद्यार्थी को उपस्थितीमा कार्यक्रम सम्पन्न भएको कार्यक्रमको सहजीकरण बैकका कर्मचारी संजय पाण्डेले गर्नुभएको थियो ।

Facebook Comments