• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ज्ञानज्योति माविका विद्यार्थी उत्कृष्ट वर्षमा पर्न सफल




राजेश गौतम
तुल्सिपुर । दाङको तुलसीपुरमा रहेको ज्ञानज्योति माबिका विद्यार्थी दाङ जिल्लाभरिका बिद्यालयका उत्कृष्ट बर्ष विद्यार्थीहरुमा पर्न सफल भएका छन् । एन प्याबसन दाङको आयोजनामा भएको बर्ष उत्कृष्ट विद्यार्थीहरुको प्रतियोगितामा ज्ञानज्योति माबीमा कक्षा १० मा अध्यनरत छात्रा जेनिशा सुवेदी दाङ जिल्ला प्रथम भएकी छिन् भने छात्रतर्फ दिपेन्द्र डाँगी दाङ जिल्ला दोस्रो भएका छन् ।

कक्षा १० अर्थात एसइइको परीक्षा नजिकै गर्दा एन प्याब्सन दाङले अङ्ग्रेजी , नेपाली , गणित , बिज्ञान र सामाजिक गरि पाचवटा बिषयमा दाङ जिल्लाभरका बिद्यालयका विद्यार्थीहरुलाई प्रतिस्पर्धा गराएको हो ।

दाङ जिल्लाका ३२ वटा बिद्यालयका ३२ छात्र र ३२ छात्रा सहभागी रहेकामा ज्ञानज्योती माबिका विद्यार्थीहरु उत्कृष्टमा पर्न सफल भएको ज्ञानज्योती माबिका सहायक प्रधानाध्यापक मनोज केसीले जानकारी दिनुभयो ।

अघिल्लो बर्ष एसइइमा दाङ जिल्ला प्रथमसहित उत्कृष्ट नतिजा ल्याएको ज्ञानज्योतिले यस बर्षपनि उत्कृष्ट नतिजा ल्याउनेमा आफुहरु बिस्वस्थ रहेको केसीको भनाइ छ ।

केही समय अघि एजुकेशन समाचारले देशभरका विद्यालयमा सर्वेक्षण गरेको थियो । जसमा देशभरका २० विद्यालय उत्कृष्ट विद्यालय मध्येमा ज्ञान ज्योति १५ औं स्थानमा परेको थियो ।

Facebook Comments