• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यानमा एक किराना पसलमा आगलागी, ५ जना घाइते




सल्यान, ७ चैत । सल्यानमा एक किराना पसलमा आगलागी हुदा ५ जना घाइते भएका छ्न् । गए राती जिल्लाको कुमाख गाउँपालिका ४ भण्डारखोलाका शंकर रानाको ३ कोठे १ तले टिनले छुवाएको कच्ची घरको किराना पसल रहको कोठामा एक्कासि आगलागी हुँदा उक्त पसलमा बसिरहेका ५ जना घाइते भएका छन्।

आगलागिमा परि गम्भीर घाइते हुनेहरुमा पसल साहु २४ बर्षीय शंकर राना,सोही ठाउँका २६ बर्षीय यज्ञ राना,२१ बर्षीय जीवन राना,९शरिरको सम्पुर्ण भाग जलेको अबस्था बोल्न नसक्ने ०१८ बर्षीय क्षेत्रमणी राना ९ हात र अनुहारमा जलेको अबस्था बोल्न सक्ने।० र २० बर्षीय संजिब शाह ९शरिरको सम्पुर्ण भाग जलेको अबस्था बोल्न नसक्ने अबस्थामा रहेको र घाइते मध्य क्षेत्रमणी बाहेक अन्य ४ जनाको अबस्था घम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

घाइतेहरुको उपचारको लागी मिशन अस्पताल चौरजहारी रुकुम ९पश्चिम ०लगिएको त्यहाँ उपचार सम्भव नभए पछि थप उपचारको लागी कोहलपुर मेडिकल कलेज बाके रिफर गरिएको बताइएको छ ।

अझै उक्त आगलागी घटनाको कारण खुल्न नसकेको, किराना पसलको सम्पुर्ण समान जलेर नस्ट भएको, क्षतिको पुर्ण बिवरण आउन बाँकी रहेको र घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सुचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो ।

Facebook Comments