दाङ / दाङमा १९ वटा कलेज क्याम्पसहरुको स्ववियुको नतिजा सार्बजनिक भएको छ । जस अन्तरगत नेकपा एमाले निकट अनेरास्ववियु ७ वटा क्याम्पसमा स्ववियु सभापतीमा विजयी हासिल गर्दै पहिलो स्थानमा रहेको छ ।
अनेरास्ववियुलाई पछ्याउँदै नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले ४ वटा क्याम्पसमा बिजयी हासिल गरेको छ ।
अनेरास्ववियुलाई पछ्याउँदै नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले ४ वटा क्याम्पसमा बिजयी हासिल गरेको छ । त्यसैगरी नेपाली काङ्ग्रेस निकट नेबिसंघ र नेकपा निकट अखिल (क्रान्तिकारी) बिप्लव समान ३ वटा क्याम्पसमा बिजयी हासिल गरेका छन् भने एकीकृत समाजबादी निकट अनेरास्ववियू र राप्रपा निकट प्रजातान्त्रिक विद्यार्थी संगठनले समान एक एक स्थानमा बिजयी हासिल गरेका छन् ।
स्ववियु सभापतीमा बिजयी उम्मेदवारहरु:
अनेरास्वनियु
१. ऐरावती क्याम्पस
विष्णा भण्डारी
२. केन्द्रीय आयुर्वेद बिद्यापिठ
हेमन्त वन्जाडे
३. दाङ भ्याली कलेज
प्रविण मगर
४. स्पान कलेज
सीता घर्तीमगर
५. सिद्द पृथ्वी क्याम्पस
आरती चलाउने
६. नोभेक्स कलेज
डिला शाही
७. कलेज अफ लाइफ साइन्स
दिपक योगी
अखिल(क्रान्तिकारी)
१. देउखुरी बहुमुखी क्याम्पस लमही
भरत भुसाल
२. पद्मोदय क्याम्पस घोराही
बिष्णु गोराथोकी
३. मार्क कलेज
समिरजंग मल्ल
४. गोरखा कलेज
यमेशन चौधरी
नेविसंघ
१. अम्बिकेस्वरी क्याम्पस घोराही
रणबहादुर खड्का
२. पुरन्धारा क्याम्पस
गोमा ओली
३. ज्ञानदीप कलेज
सुदिप नेपाली
अखिल (क्रान्तिकारी) बिप्लव
१. राप्ती शिक्षा क्याम्पस
नवीन केसी
२. सिद्दरत्ननाथ क्याम्पस
मनोज केसी
३. ज्ञानसिन्धु कलेज
राधिका केसी
रास्ट्रीय प्रजातान्त्रिक विद्यार्थी संगठन
१. एन्जल अधिकारी
अनेरास्ववियू (एस)
१. इबराज यादब
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
