घोराही ६ चैत । केही वर्षदेखि जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ भने जन्मदिन मनाउने शैली पनि आआफ्नै रहेका छन् । आफ्नो जन्मदिनको अवसरमा कोही होटलमा गएर केक काट्नुका साथै विभिन्न प्रकारका मनोरञ्जनात्मक कार्यक्रमहरु गरेर मनाउने गर्दछन् भने केहीले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको पाइन्छ तर घोराही उपमहानगरपालिका–१५ निवासी समसेर केसीले भने आफ्नो जन्मदिन बृद्धाआश्रममा गएर बृद्धबृद्धाहरु संग मनाएका छन ।
घोराही उपमहानगरपालिका–१३ तेरौटेमा रहेको जेष्ठ नागरिक सरोकार केन्द्रमा गएर बृद्धबृद्धाहरु संगै आफ्नो जन्मदिन मनाएका हो । बृद्धाआश्रममा पुगेर उनिले फलफुल, खाद्यन वितरण गरेर जन्मदिन मनाएका छन ।

केसीले भने, “जन्मदिनमा फजुल खर्च गर्नुभन्दा बृद्धाआश्रममा गएर बृद्धबृद्धाहरु संग मनाउदा राम्रो हुने लागेर बृद्धाआश्रममा गएर जन्मदिन मनाएकोहु ।” अन्यत्र फजुल खर्च गर्नुभन्दा बृद्धाआश्रममा गएर मनाउदा सकरात्मक प्रभाव पर्ने भएको केसीले बताए ।
बृद्धाआश्रममा फलफुल, चामल, नुन, तेल, बिस्कुट लगाएतको सामाग्री हस्तान्तरण गरेको उनिले बताए ।
समसेर केसी प्रजातान्त्रिक उद्यमी संघ घोराहीका अध्यक्ष कालि बहादुर खत्रीको छोरा रहेका छन भने महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा अध्यनरत छन ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
