• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा सवारी दुर्घटना : एकको मृत्यु, दुई जना गम्भीर घाइते




घोराही, ५ चैत । दाङको घोराही-लमही सडक खण्डमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भिर घाईते भएका छन् ।

आईतबार (आज) बेलुका करिब ६ बजेको समयमा घोराही उपमहानरपालीका वडा नम्बर ३ स्थित कुईरेपानीमा मिनि ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार चालक प्युठानको नौबहीनी गाउँपालिका वडा नम्बर ६ बस्ने बर्ष ३२ का राजन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनको राप्ति स्वास्थय विज्ञान प्रतिष्ठान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले जानकारी दिनुभयो । घोराही देखी लमही तर्फ जाँदै गरेको जादै गरेको प्रदेश ०३–००१ क–०१६९ नम्बरको मिनि ट्रकले बिपरित दिशाबाट आउदै गरेको बाग्मति प्रदेश ०२–०१६ प-३६५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदासोहि मोटरसाईकलमा सवार मृतक केसीकी श्रीमती २६ वर्षिया सन्ध्या केसी र उहाँकै २ वर्षिया छोरी राष्ट्रियता केसीको अवस्थापनि गम्भीर रहेको नायव उपरीक्षक कुमार गौतमले बताउनुभयो ।

घाईते दुबैको राप्ति स्वास्थय विज्ञान प्रतिष्ठान उपचार भैरहेको छ । मिनि ट्रक र चालकलाई नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।।

Facebook Comments