• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
आम सञ्चार सुुझाव समितिले थाल्यो काम 




काठमाडौं, ५ चैत । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गठन गरेको आम सञ्चार सुुझाव समितिले काम थालेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थितिमा पहिलो बैठक गरी समितिले काम थालेको हो ।
समितिको बैठकलाई सम्बोध गर्दै मन्त्री शर्माले राजनीतिक परिवर्तन र संविधानको मर्मअनुरुप सञ्चार क्षेत्रमा धेरै कानुन निर्माण गर्न बाँकी रहेकाले यसका लागि तयारी गर्न समिति गठन गरिएको बताउनुुभयो । ‘व्यवस्था बदलियो, संविधान फेरियो र धेरै क्षेत्रमा कानुुन पनि फेरिएका छन्’– उहाँले भन्नुुभयो– ‘तर, सञ्चार र सूचना प्रविधिको क्षेत्रमा धेरै कानुन परिवर्तन गर्न बाँकी रहेकाले हामीले यसलाई प्राथमिकताका साथ अघि बढाएका छौं ।’
सरकारले आम सञ्चारको क्षेत्रमा यो समितिसँग ठूलो आशा गरेको उल्लेख गर्दै मन्त्री शर्माले आम सञ्चार सुुधारका क्षेत्रमा आवश्यक सुुझाव प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । बदलिएको व्यवस्था र राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशलाई सम्वोधन गर्ने कानुन परिवर्तन सरकारको प्राथमिकतामा रहेको उहाँले स्पष्ट गर्नुभयो । No description available.
सञ्चारसँग सम्बन्धित केही विधेयक संसदको चालुु अधिवेशनबाटै पारित गर्ने सरकारको तयारी रहेको जानकारी गराउँदै उहाँले बाँकी बाँकी विधेयक पनि अर्को अधिवेशनबाट अघि बढाउने बताउनुुभयो ।
समितिका संयोजक डा। सुरेश आचार्यले समितिले पाएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रारम्भिक मस्यौदा तयार गरेर सरोकारवालासँग छलफल गरी अन्तिम प्रतिवेदन तयार पार्ने पनि उहाँले जानकारी दिनुुभयो ।
सरकारले आम सञ्चार क्षेत्रको समग्र सुधारका लागि नीति, कानुुन तथा नियमनका बिषयमा सुुझाव दिन समिति गठन गरेको थियो । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा। सुरेश आचार्यको संयोजकत्वमा समितिमा सदस्यहरुमा महासंघका अध्यक्ष अध्यक्ष विपुल पोख्रेल, पूर्व अध्यक्षद्वय गोविन्द आचार्य र डा। महेन्द्र बिष्ट तथा बरिष्ठ पत्रकार बबिता बस्नेत रहनुुभएको छ ।
ध्चष्तभ तय ल्बचभलमचब प्अ
Facebook Comments