• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाली कांग्रेस बंगलाचुलीको घुम्ती बैठक, भातृ संगठनको अधिवेशन चैत २५ गतेभित्र गर्ने




बंगलाचुली ५, चैत
नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका कार्यसम्पादन समितिको शनिवार वडा नं. ८ को रानीबासमा  घुम्ती बैठक विभिन्न निर्यण सहित सम्पन भएको छ ।
नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका सभापति जागेश्वर अधिकारीको सभापतित्व तथा जेष्ठ नागरिक एव क्षेत्रीय प्रतिनिधि सुरेन्द्र लम्सालको प्रमुख आतिथ्यतामा बसेको घुम्ती बैठकले भातृ संघका रुपमा रहेको दलित संघको यहीँ १६ गतेसम्म, नेपाल महिला संघको यही २५ गते सम्म र नेपाल महिला किसान संघको यही २५ गते सम्म पार्टी कार्यालय कमिरेचौरमा अधिबेशन गरिने निर्णय गरेको सचिव बलदेव मल्लले जानकारी दिएका छन् ।
बैंठकले नेपाली कांग्रेस क्षेत्र नं. २ (क) को प्रत्येक वडामा प्रशिक्षक कार्यक्रम चलाउने निर्णय अनुसार बंगलाचुली गाउँपालिका अन्तरर्गत   यही ६, ७ र ८ गते बंगलाचुली वडा नं. १ र २ को पार्टी कार्यालय स्युजामा , यही ९,१० र ११ गते बंगलाचुली वडा नं. ५ र ६को लोहारपानीको सम्पर्क कार्यालयमा ,यही  १२, १३ र १४ गते बंगलाचुली वडा नं. ३ र ४को नेका बंगलाचुली पार्टी कार्यालयमा  र यही १६, १७ र १८ गते बंगलाचुली वडा नं. ७ र ८ को हाँसीपुरको गोठीवनमा  प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको सचिव चेत प्रसाद डाँगीले जानकारी दिएका छन् ।May be an image of 4 people, people standing, people sitting, outdoors and tree
त्यसैगरी बैठकले बंगलाचुली गाउँपालिकामा करिव एक बर्षदेखि संचालनमा आउन नसकेको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई संचालनमा ल्याउन समेत आग्रह गरेको छ । साथै गाउँपालिकामा कार्यरत कर्मचारीहरु घोराहीमा बस्ने र आउन जान सरकारी गाडी प्रयोग गर्दा लाखौ रुपैयाको इन्धन खर्च हुने गरेको जनगुनासो आएकाले त्यस विषयसँगै अन्य विभिन्न विषयहरुलाई समेटेर गाउँपालिकामा ज्ञापनपत्र बुझाउने समेत निर्णय गरेको सभापति जागेश्वर अधिकारीले जानकारी दिएका छन् ।
Facebook Comments