• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कम्प्युटर साक्षर अभियान अन्तरगत सनलाईटद्वारा विद्यार्थीलाई प्रमाणपत्र वितरण




घोराही, ५ चैत
घोराहीमा रहेको सनलाईट कम्प्यूटर ईन्ष्टिच्यूटले आफ्ना विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेको छ । इन्ष्टिच्युटले शनिवार घोराही एक कार्यक्रमको आयोजनागरि छात्रवृतिकार्यक्रमअन्तर्गत१ बर्षे PDICA (Professional Diploma in Computer Application) अध्ययनगरि परिक्षामा उतिर्ण भएकाविद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेको हो । त्यस अवसरमा उतिर्ण हुने विद्यार्थीहरुलाइ प्रमाणपत्र वितरण गर्दै बिदाई गरिएको थियो भने नयाँविद्यार्थीहरुलाई स्वागतगरिएको थियो । राइटस्टेप एजुकेशन एकेडेमीकपिलवस्तुदाङ शाखामाअध्ययन गरेका विद्यार्थीहरुलाइ प्रमाणपत्र प्रदानगरिएको हो ।
त्यस अवसरमा२०७८ माकम्प्यूटर कक्षाकाउत्कृष्ट विद्यार्थीहरुलाई प्रमाणपत्र र शिल्ड प्रदानगरिएको थियो । प्रथमहुने सलिमा चौधरी, द्धितीय हुने बिजय बुढामगर र तृतीयहुने मना चौधरीलाई प्रमाणपत्र तथा ट्रफि प्रदानगरिएको थियो । त्यस अवसरमा डेढ सय बढि विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदानगरिएको थियो ।
राइटस्टेप एजुकेशन एकेडेमीकाप्रमुखदिपेन्द्र पौडेलको अध्यक्षताएवं नेपालपत्रकार महासंघ दाङ शाखा सचिवआर.के. शीतलको प्रमुखआतिथ्यमाभएको कार्यक्रममाबोल्ने वक्ताहरुले समयको मागअनुसार कम्प्यूटर शिक्षामापनिआफूलाई अपडेट गर्न आवश्यकभएको बताएकाथिए ।सनलाइट कम्प्युटर ईन्स्च्यूटका प्रशिक्षक गेहेन्द्र कँवरले सहभागीहरुलाई स्वागतगर्दै कार्यक्रमको उद्धेश्यमाथीप्रकाशपार्नुभएको थियो ।
कार्यक्रममाबोल्दै राइटस्टेप एजुकेशन एकेडेमीकाप्रमुखदिपेन्द्र पौडेलले नेपालका६० जिल्लाबाट करिब ४० हजार विद्यार्थीहरुले छात्रवृत्ति योजनामा सहभागीहुने गरेको र चाँडै नै कमशुल्कमान्यूनआएभएकाविद्यार्थीहरुले पढ्न सक्ने गरी कलेज सञ्चालनमाल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । कार्यक्रममाविभिन्नविद्यार्थीहरुले आफ्नो कला प्रस्तुत समेत गरेका थिए। सनलाईट कम्प्यूटर दाङ जिल्लाकै सबैभन्दा बढी बिद्यार्थीहरुलाइ कम्प्युटर सम्बन्धीतालिमप्रदान गर्ने संस्थाभएको सञ्चालककुवरले बताउनुभयो ।
घोराहीमारहेको सनलाइट कम्प्युटर ईन्स्च्यूटमा बार्षिक ४ सय बढी विद्यार्थीहरुले तालिमलिने गरेको ईन्स्च्यूटका प्रमुखप्रमिला डाँगीले जानकारी दिनुभयो । कम्प्युटरका सामान्य कोर्ष देखि एडभान्स कोर्षसम्म पढाइ हुने, कोर्षमाछात्रबृत्तिप्रदान गर्ने र हरेक बर्ष छात्रबृत्ति परीक्षा सञ्चालन गरी विद्यार्थीहरुले प्राप्त गरेको अंकको आधारमा सम्पूर्ण विद्यार्थीहरुलाई छात्रवृत्तिप्रदानगरिएको डाँगीले बताउनुभयो । ईन्स्च्यूटमा १ बर्षे कम्प्युटरकक्षामासम्पूर्ण कोर्षहरु अध्यापन गराउने र परीक्षा प्रणालीमार्फत प्रमाणपत्र प्रदान गर्ने गरेको छ।ईन्स्च्यूटमा प्रयोगात्मकतथा सैद्धान्तिक दुबै पढाइ हुने गरेको र हालसम्म सयौँ विद्यार्थीहरु लोकसेवामार्फत सरकारी सेवामार अन्य रोजगारीमा जोडिनुभएको प्रशिक्षक गेहेन्द्र कँवरले जानकारी दिनुभयो ।
Facebook Comments