• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भिएन मन्टेश्वरीको प्रथम दीक्षान्त कार्यक्रम, शिक्षाको लागि जग बलियो हुनुपर्नेमा जोड




घोराही, ४ चैत । घोराही-१५ मा रहेको भिएन स्कूल एण्ड कलेजले भिएन मन्टेश्वरीको प्रथम दीक्षान्त तथा अभिभावक भेला भब्य रुपमा सम्पन्न गरेको छ । स्कूलले शनिबार स्कूलकै प्रांगणमा एक कार्यक्रमको आयोजना गरी उक्त भेला सम्पन्न गरेको हो । नागरिक समाज दाङका संयोजक केवी मसालले आज हामीले समाजमा शिक्षा दिने क्रममा मन्टेश्वरी शिक्षाबाट सुरु गर्न खोजेको र गर्दै आएको बताए । उनले वास्तवमा मन्टेश्वरी शिक्षा शिक्षाको एउटा जग भएको उद्घोष गरे । जग बलियो भएन भने कुनैपनि घरको माथिल्लो तला बलियो नहुने भन्दै संयोजक मसालले शिक्षाका लागि जग नै बलियो चाहिने कुरामा जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संयोजक केवी मसालले वास्तवमा यो निजी क्षेत्रको शिक्षा अचम्म शिक्षा भएको र यो राज्यले आम नागरिकलाई शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका आधारभूत कुरा पूर्ति गर्न नसक्दा आज हामीहरूले आफ्नो कमाइ खर्चिएर बालबालिकालाई पढाउनुपर्ने बाध्यता रहेको बताए ।

विद्यार्थीको क्षमता विकासका लागि यस्ता कार्यक्रमहरु विद्यालयले गर्नुपर्ने र थप यस्ता कार्यक्रमले अभिभावक र विद्यालयबीच सुमधुर सम्बन्ध कायम राख्ने संयोजक मसालको भनाइ छ ।

भिएन स्कूल एण्ड कलेजका प्रीन्सीपल रामजनम चौधरीले भिएन स्कुल हिजोको भन्दा आजको दिन नितान्त बदलिएको बताए । उनले २१ औं शताब्दीमा संस्कार, संस्कृती र प्रविधि विना शिक्षा अधुरो हुने भन्दै भिएन स्कुलले शिक्षालाई संस्कार, संस्कृती र प्रविधिमैत्री नारासाथ निरन्तर अगाडि बढिरहेको उद्घोष गरे ।

मन्टेश्वरी शिक्षाको जग भएको बताउदै विद्यार्थीको जग राम्रो र बलियो बनाउन स्कूलमा मन्टेश्वरीलाई विशेष प्राथमिकतामा अगाडि बढाएको प्रीन्सीपल चौधरीलेको भनाइ छ । विद्यालय स्थापना भएको दुई वर्षको अवधिमा नै भिएन स्कूल सतलतामा पुग्न सकेको भन्दै प्रअ चौधरीकले त्यो सफलता प्राप्त गर्नका लागि विद्यालयले आफ्नो लक्ष्य तथा उद्देश्य अनुरुपका योजनालाई तत्काल कार्यान्वयनमा लगेको बताए ।

विद्यालयले आफ्नो स्थापना कालदेखि नै प्रविधियुक्त शिक्षा प्रदान गर्दै आइरहेको भएतापनि नयाँ शैक्षिकसत्र देखि थप विद्यालयमा अपुग ल्यापको राख्ने र विद्यालयको व्यवस्थापनका लागि थप योजना बनाएर अगाडि बढ्ने समेत प्रअ चौधरीले बताए ।

त्यस्तै स्कूलका म्यानेजिक डाइरेक्टर द्रोण खड्काले विद्यालय स्थापनाको दुई वर्षमा मन्टेश्वरीलाई एउटा उचाइमा पुर्याएको बताए । उनले मन्टेश्वरी भनेको इन्टरनेशनलकै रुपमा हुने भएको उद्घोष गर्दै दाङमा धनी र गरीबका छोराछोरीले एकै ठाउँमा पढ्ने वातावरणको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ टिम र नयाँ व्यवस्थापनमा विशेष रुपमा मन्टेश्वरी स्कुलको स्थापना गरिएको स्पष्ट पारे ।

मन्टेश्वरी भनेकै खेलेर, सिकेर र देखेर अगाडि बढ्ने भएको हुँदा अब मन्टेश्वरी ल्यापको व्यवस्था मिलाउले कुरा जोड दिँदै आगामी दिनमा शिक्षालाई थप गुणस्तरीय तथा ब्यबहारिक बनाउन विद्यालय सदैव सकारात्मक ढंगले अगाडि बढ्ने उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै अभिभावक जानुका बस्नेतले मन्टेश्वरी स्कुलले स्थापना भएको दुई वर्षमै राम्रो सफलता पाउन सकेको बताइन् । उनले स्कूलले अभिभावकको सल्लाह र सुझावलाई सकारात्मक तरिकाले ग्रहण गर्दै गएको भन्दै बालबालिका लागि थप प्रविधियुक्त बनाउन विद्यालयमा ल्याप राख्नुपर्ने सुझाव दिइन् । हरेक अभिभावकहरुले पढाइ र विद्यालय राम्रो भएन भन्ने भन्दापनि समस्याको विषयमा छलफल गरी सुधार गर्नतर्फ अगाडि बढ्नुपर्ने र विद्यार्थीका क्षमता अभिवृद्धिका लागि थप यस्ता कार्यक्रमहरु गर्नुपर्नेमा अभिभावक बस्नेतको भनाइ छ ।

उक्त कार्यक्रममा विद्यालयका प्री- टुका २१ जना विद्यार्थीहरुलाई दीक्षित भएका छन् भने मन्टेश्वरीका विद्यार्थीलाई विविधमा पुरस्कार वितरण तथा सम्मान गरिएको थियो ।

प्ले ग्रुपका भाइबहिनीहरुले स्वागत नृत्य प्रस्तुति गरेका थिए भने प्री – १ का भाइबहिनीहरुले विभिन्न क्यारिकेचर प्रस्तुति गरेका थिए । कार्यक्रममा बालबालिकाहरुले पढाइसँग सम्बन्धित नृत्य, क्वीच र क्यारिकेचर प्रस्तुति राखेका थिए ।

त्यस्तै कार्यक्रममा विद्यालयले शैक्षिक सत्र २०७९ सालमा रेगुलर विद्यालयमा आउने शिक्षिका सिर्जना सेजुवाल, बेस्ट शिक्षकको रुपमा लक्ष्मी चौधरी, कर्मचारीतर्फ पुष्पा थापालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले आ- आफ्नो संस्कृति झल्किने खालका पोशाक लगाएर सहभागिता जनाएका थिए ।

स्कूल प्रीन्सीपल रामजनम चौधरीको सभापति तथा नागरिक समाज दाङका संयोजक केसी मसालको प्रमुख अतिथि तथा विद्यालयका शेयर सदस्य नवराज भण्डारी र स्कूलका म्यानेजिक डाइरेक्टर द्रोण खड्काको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा विद्यायलयका शिक्षक, शिक्षिका, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

शिक्षिका सिर्जना सेजुवालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षिका लक्ष्मी चौधरीले गरेकी थिइन् ।

Facebook Comments