• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा जलवायुु परिवर्तन तथा विपद जोखिम न्यूनिकरण सम्बन्धी अन्तरक्रिया




निराजन शिर्पाली
रुकुुमपूर्व / रुकुमपूर्वको जिल्ला सदरमुकाम रुकुमकोटमा शुक्रबार सम्पन्न भएको २ दिने अभिमुखिकरण गोष्ठीमा जलवायुु परीवर्तन र विपद जोखिम न्युनिकरणका लागि स्थानीय सञ्चारकर्मीहरुको भुुमिका केहुुन्छ भन्ने बिषयमा स्थानीय पत्रकारहरुसंग अन्तरक्रिया गरिएको छ ।

उक्त गोष्ठीमा २५ जना स्थानीय पत्रकार र बुुद्दिजिवीहरुको सहभागी रहेको थियो । गोष्ठीको मुुख्य उदेश्य हरितगृह ग्यास उत्पादनमा कमी ल्याउन वैकल्पिक उर्जाको प्रयोग गर्न ऊर्जाको रूपमा पेट्रोलियम पदार्थको उपयोगमा कमी ल्याई वैकल्पिक ऊर्जाजस्तै जलविद्युत्, सौर्यशक्ति, बायोग्यासको उपयोगमा वृद्धि गर्न आवश्यक रहेको परियोजना व्यवस्थापक तथा प्रशिक्षक सुुरज सोनारको दाबिरहेको छ । साथै उँहाको अनुसार विकसित देशका तुलनामा नेपालले हरितगृह ग्यास नगण्य मात्रामा उत्सर्जन गरे पनि तापक्रमवृद्धिका कारण वातावरणमा क्रमशः बहुआयामिक असर देखा परिरहेका छन्।

सन् २००७को जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी कार्यदल र सन् २००९मा जलवायु परिवर्तनसम्बन्धी कोपनहेगन सम्मेलनको प्रतिवेदनले विश्वभरिको जलवायुको तथ्याङ्कलाई आधार मान्दै विश्वको तापक्रम बढ्दै गएको, वर्षामा थपघट भएको र विश्वका विभिन्न ठाउँमा यसका असर देखा परेको कुरा वैज्ञानिक रूपमा पुष्टि गरेको छ भने भविष्यमा हरितगृह ग्यासको मात्रा अहिलेका अनुपातमा बढ्दै गएको खण्डमा अझ स्थिति भयावह हुने कुरालाई इङ्गित गरेको तसर्थ हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउन स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा साझा प्रयासको खाँचो रहेकाले संञ्चारकर्मीहरुको भुुमिका महत्वपुुर्ण रहेको पनि स्पष्ट पार्नुुभएको छ ।

मिक नेपाल रुकुुम पश्चिम को आयोनामा नेपाल पत्रकार महाशंघ रुकुुम पुुर्व ले समुुन्वय गरेको उक्त गोष्ठी को आर्थिक सहयोग युु.एम.एन रुकुुम पुुर्व कलष्टरले गरेको हो ।

अन्तरक्रीया कार्यक्रममा मिक नेपाल रुकुुम पश्चिमका अध्यक्ष धन बहादुुर घर्ति,सल्लाहकार भ्यूूमान घर्ति,नेपाल पत्रकार महासंघ रुकुुम पुुर्वका अध्यक्ष मैत्या घर्ति,परियोजना व्यवस्थापक सुुरज सोनार लगाएत बिभिन्न संञ्चार माध्यममा आबद्द २५ जना संञ्चारकर्मिहरुको उपस्थिति रहेको गोष्ठिको सहजिकरण राम बहादुुर मिजारले गर्नुु भएकोथियो ।

Facebook Comments