• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
टियुको क्यालेण्डर व्यवस्थित गर्नेदेखि आइडिया बैंकको स्थापना गर्ने मदनको मन




मदन केसी काठमाण्डौंदेखि टाढा दाङको बंगलाचुली गाउँपालिकामा जन्मिए । दाङ देशको सुगम जिल्ला मानिएतापनि बंगलाचुली भने दाङकै लागि पनि विकट थियो । विद्यालय तहसम्म जसोतसो गाउँमै अध्ययन गरेपनि उच्च शिक्षाका लागि भने यो विकटतालाई पार गरेर घोराही सम्म झर्नुपर्दथ्यो ।

उनीसंगका कैयन साथिले यही विकटतालाई पार गर्न सकेनन् र कोही कमाउनका लागि भारत त कोही खाडीतफ लागे । तर मदनलाई देशमै केही गरेर देखाउनुथियो । जसरी पनि आफ्नै जिल्लाको विकटतालाई पार गरेर उच्च शिक्षा हासिल गर्नुथियो । तर यो विकटतालाई पार गर्न त्यति सहज भने थिएन ।

घरको कमजोर आर्थिक अवस्थाका बावजुद उनले उच्च शिक्षा अध्ययनका लागि घोराही सम्म पुग्नका लागि कैयन दिन भोकै बस्न परेपनि तयार हुनपथ्र्यो । आर्थिक अभावकै कारण शिर छेक्ने छानो नपाइएमा घाम पानी सहन पनि तयार हुनुपथ्र्यो । उनी यि सबै सहन तयार भए र उच्च शिक्षा अध्ययनका लागि घोराही झरे । अध्ययन गर्दा उनले उल्लेखित यि सबै समस्याका सामना गर्नुपर्यो । तर उनको साहसले यि सारा समस्यालाई फिक्का बनाइदियो र उनले एकदिन घोराहीकै महेन्द्र बहुमुखी क्याम्पसबाट उच्च शिक्षामा सफल भएको सर्टिफिकेट प्राप्त गरे ।

उच्च शिक्षा हासिल गरेपछि मदनको मनले थप शिक्षा आर्जन गर्न चाहयो । त्यसका लागि जिल्लाकै क्याम्पसहरुमा पनि अध्ययन गर्न सकिन्थयो । तर ज्ञान आर्जनका लागि समस्यासंग जुध्ने र संघर्ष गर्न बानी परिसकेका मनदले काठमाण्डौ पुग्नु नै उचित ठाने । तर काठमाण्डौ पुग्नु पनि त्यति सहज कहाँ थियो र ? पुगिसकेपछि पनि त्यहाँ रहिरहनु झनै गाह्रो थियो । काठमाण्डौ पुगेर बुझदा त्रिभुवन विश्विद्यालय उनले सुने अनुसारको मात्र थिएन । काठमाण्डौ जनजीवन पनि त्यति सहज थिएन । उस्तै मानिस भएपनि काठमाण्डौको बासिन्दाले गर्ने व्यवहारमा उनले केही भिन्नता पाए ।

नेपालकै ठुलो विश्विद्यालय मानिएतापनि त्रिविको व्यवस्थापकिय पक्ष फितलो देखे । पढाईकै सिलसिलामा राजनीतिमा समेत जोडिएका मदनको मनले किताबी किरो मात्र भएर बस्न मानेनन । र हाल उनी त्रिभुवन विश्विद्यालयमा अखिल क्रान्तिकारी ( विप्लव) बाट स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सभापति पदमा उम्मेदवारी दिएका छन् । पढाईको सिलसिलामा विद्यार्थीसंग आइपर्ने समस्या समाधानका लागि जिल्लामा छंदा गरेका संघर्षको अनुभवले त्रिभुवन विश्विद्यालयमा पनि परिवर्तन गर्न सकिन्छ कि भन्ने विश्वास पलाएको छ ।

‘ त्रिभुवन विश्विद्यालयमा अध्यनरत धेरै विद्यार्थीहरुजस्तै म पनि एउटा सामान्य परिवारमा जन्मिएर यहाँसम्म आइपुगेको हुँ । ’ उनी भन्छन ‘ यहाँ अध्यनरत विद्यार्थीहरुले भोग्नुपरेका समस्या उहाँहरुका समस्या मात्र हैनन् । ति मेरा पनि समस्या हुन । त्यसैले यो स्वतन्त्र विद्यार्थी युनियको निर्वाचनमा मेरो उम्मेदवारी मेरो मात्र हैन् । विश्विद्यालय बदल्न चाहने सबै विद्यार्थीको हो । आशा छ हामी सबैले यसमा सफलता प्राप्त गर्नेछौं । ’

मदनले विश्विद्यालयको समग्र रुपान्तरणका लागि त्रिविमा मुख्य समस्याको रुपमा रहेको विश्विद्यालयको क्यालेण्डरलाई व्यवस्थित गर्नेदेखी विश्विद्यालयमा विद्यार्थीको आइडिया बंैक स्थापना गर्ने र उत्कृष्ट आइडियाको कार्यान्वयनका लागि स्ववियुबाट लगानी जुटाउनेसम्मका सृजनतात्मक एजेण्डा अघि सारेका छन् ।

विगतमा भएका स्ववियु शैक्षिक सवाल भन्दा विश्विद्यालयमा गुण्डागर्दी तथा राजनीति मात्र गर्ने थलोको रुपमा सिमित भए । मदन यो परम्परालाई बदलरे स्ववियुलाई विद्यार्थी शैक्षिक मुद्दामा केन्द्रित गर्न चाहन्छन । त्यसका लागि स्ववियूमा हुने आर्थिक अराजकता, भ्रष्टाचारलाई नियन्त्रण गर्ने, विद्यार्थीको शैक्षिक प्रमाणपत्र र योजनाका आधारमा लगानी गर्न पहल गर्ने , विश्विद्यालयमा अन्तराष्ट्रियस्तरको पुस्तकालय निर्माणका लागि पहल गर्ने, विश्विद्यालयमा अध्यनरत विद्यार्थीहरुका लागि स्वास्थ्यउपचारमा सतप्रतिशत स्वास्थय बिमा लागु गर्ने लगायतका एजेण्डा उनले अघि सारेका छन् ।

यस्तै विश्विद्यालयमा अध्यनरत छात्रा दिदीबहिनीहरुको स्वास्थ्य संवेदशीलतालाई ध्यानमा राखेर उनीहरुलाई निशुल्क स्यानेटरी प्याडको व्यवस्था गर्ने उनको योजना छ । त्यस्तै आर्थिक समस्यालाई मध्यनजर गरी मदनले खाना पकाउने ग्यास, पानी , बिजुली र कोठाभाडामा विद्यार्थीहरुलाई विशेष सहुलियतको व्यवस्था गर्ने जस्ता विद्यार्थीसंग प्रत्यक्ष सरोकार राख्ने एजेण्डा उनले अघि सारेका छन् । पछिल्लो समय त्रिविलाई बेरोजगार उत्पादन गर्ने थलोका रmपमा लाग्ने आरोपलाई मदन बदल्न चाहन्छन् । त्यसका लागि उनले अध्ययन पछि अनिवार्य रोजगारीको व्यवस्था गर्ने प्रणालीको विकास गर्न पहल गर्ने योजना बनाएका छन् ।

मदन त्रिविमा अध्यनरत विद्यार्थीहरुको अवस्थासंग मात्र नभएर स्वयम विश्विद्यालयको अवस्था पनि फेर्न चाहन्छन् । त्यस्का लागि उनले राज्यको आर्थिक स्वामित्व र दायित्व रहने तर प्रशासनिक र प्राज्ञिक स्वायत्तता प्राप्त विश्वविद्यालयको विकास, त्रिविको शैक्षिक र भौतिक गुणस्तरलाई अन्तराष्ट्रिय स्तरको बनाउने तथा त्रिविको वैज्ञानिक पुर्नसंरचनाको निम्ति विशेष पहल गर्ने , विश्वविद्यालयमा प्राध्यापन, खोज र अनुसन्धानमा लगाउन पहल गर्ने, विश्वविद्यालयको प्रशासन कामकाजलाई चुस्त बनाउने विश्वविद्यालयको सम्पतीलाई सदुपयोग गर्ने र आधारभुत भौतिक सुविधा (जस्तै ल्याव, कक्षाकोठा, पुस्तकालय, शौचालय र खेलमैदान आदी) निमार्ण र स्तरउन्नती गर्न पहल गर्ने जस्ता महत्वपूर्ण एजेण्डा उनले अघि सारेका छन् ।

‘आफुले भोगेको जीवन, आर्जन गरेको ज्ञान र विश्विद्यालयमा देखिएका समस्यालाई मैले नजिकबाट नियालेको छु ।’ मदन भन्छन् ‘ मैले आफ्नो जीवनभरी सक्दो परिवर्तनका लागि पहल गरेको छु । त्रिविमा पनि उम्मेदवारी परिवर्तनका लागि हो । र आशा छ विद्यार्थीहरुले मलाई मतदान गरेर मलाई मात्र हैन स्वय आफुलाई पनि जिताउनु हुनेछ । ’

Facebook Comments