घोराही, ३ चैत । दलित अभियानले अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाउने भएको छ । अभियानले २१ मार्च अर्थात् चैत ७ गते सो दिवस सुर्खेतको विरेन्द्रनगरमा मनाउने भएको हो ।
दलितका लागि दलित आन्दोलन भन्ने मूलनाराका साथ अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस यही चैत ७ गतेका दिन सुर्खेतको विरेन्द्रनगरमा भव्य रुपमा मनाउने दलित अभियानका सदस्य सुशिल परियारले जानकारी दिए ।
अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस घोषणा भएतापनि नेपालका विभिन्न ठाउँहरुमा जातीय विभेद अन्त्य हुन नसकेको हुँदा सम्पूर्ण दलितहरुलाई अभियामा एकताबद्ध गराउने उद्देश्यका साथ सो दिवस मनाउन लागेको आयोजकले जनाएको छ । दिवसमा दाङसहित देशभरबाट दुई हजार पाँच सय जनाको सहभागिता हुने आयोजकको अनुमान रहेको छ ।
देशमा भइरहेका विभिन्न जातीय विभेद अन्त्य गर्नका लागि मेची महाकाली अन्तर्गत हुने उक्त दिवसको सम्बोधन दलित अभियानका केन्द्रीय संयोजक खगेन्द्र सुनारले गर्ने आयोजकले बताएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
