• २७ मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पालिका तथा रेडक्रसद्वारा चट्याङ पीडित परिवारलाई राहत प्रदान




होलेरी, १ चैत । रोल्पामा रुन्टीगढी गाउँपालिका – ६ दोक्राबनका चट्याङ पीडित चन्द्रबहादुर खड्काको परिवारलाई राहत सामग्री प्रदान गरिएको छ । चट्याङ पीडित खड्काको परिवारलाई रुन्टीगढी गाउँपालिका र नेपाल रेडक्रस होलेरी उपशाखाले बुधबार घटना स्थलमै पुगेर राहत स्वरुप संयुक्त रुपमा खाद्यान्न तथा गैर खाद्य सामग्री प्रदान गरेको हो ।

पीडित परिवारलाई रुन्टीगढी गाउँपालिकाले खाद्यान्न सामग्री प्रदान गरेको थियो भने नेपाल रेडक्रस सोसाइटी होलेरी उपशाखाले गैर खाद्य सामग्रीको रुपमा त्रिपाल, कम्बल, सर्ट पाइन्ट, पेटिकोट, पटुका, तन्ना, धोती, थाल, बटुका, डाडु, पन्यू, बाल्टी, डोरी र देक्ची प्रदान गरेको रेडक्रस होलेरी उपशाखाका सभापति लक्षिराम थापाले जानकारी दिए ।

पीडित खड्काको घरमा मंगलबार राति करिब साढे बजेतिर चट्याङ पर्दा घर पूर्णरुपले जलेर नष्ट भएतापनि मानवीय क्षति भने भएको छैन् ।

चट्याङबाट घरमा भएका साना दुईवटा बाख्रा पाठा, नगद तीन लाख,खाद्यान्न ,लत्ताकपडा लगायतका सामान गरि करिब साढे चार लाख क्षति भएको पारिवारिक स्रोतले जनाएको छ ।

रुन्टीगढी गापाका अध्यक्ष जनक पुन, ६ नम्बरका अध्यक्ष घनबहदुर घर्ती,रेड्क्रस होलेरीका भोलिन्टिएर देबेन्द्र बोहरा ,सुवास चन्द घटना स्थलमै पुगेर स्थलगन अनुगमन गरेका थिए ।

 

Facebook Comments