• २७ मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मल अनुदानमा कटौती गरिएको प्रति नागरिक समाजको गम्भीर ध्यानाकर्षण




घोराही, १ चैत । नागरिक समाज दाङले सरकारले कृषकहरुलाई रासायनिक मलमा दिदै आएको अनुदानमा कटौती गरेपछि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाजका संयोजक केबी मसाल र सचिव नारायणप्रसाद श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै रासायनिक मलमा दिईदै आएको अनुदान कटौती गरि मलको मुल्य बृद्धि गरेर गरिब निमुखा किसानको ढाढ सेक्ने काम भएको बताउँदै तत्काल निर्णय सच्याउन अपिल गर्नुभएको छ। कृषि प्रधान देशमा कृषि क्षेत्रको प्रवर्द्धन र विकासका लागि सरकारको प्राथमिकता हुनुपर्नेमा कृषि क्षेत्रलाई नै निरुत्साहित हुने गरि रासायनिक मलमा अनुदान कटौती गरिनु दुखद रहेको विज्ञप्तिमा उल्लेख छ ।No description available.

कृषियोग्य जमीनको भरपुर उपयोग गर्दै कृषि जन्य उत्पादन दर दिन प्रतिदिन बढाउँदै कृषिमा परनिर्भरता कम गर्न तर्फ ध्यान नदिएर समग्र कृषि क्षेत्रलाई नै धरासयी बनाउने गरि सरकारले गरेको निर्णयले किसान वर्ग मारमा पर्नुका साथै आयातलाई बढावा दिने काम गरेको समाजका संयोजक मसालले उल्लेख गर्नुभएको छ । कृषि क्षेत्रबाट समृद्धि र देशको विकासमा राज्य गम्भीर बन्नुको साटो देशको अर्थतन्त्र थप धरासयी बनाउने गरी कृषकहरुको हकहितका लागि राहत र अनुदानको मात्रा बढाउदै जानु पर्ने अवस्थामा मलमा अनुदान कटौती गरि मुल्य बृद्धि गरिनु गरिव किसानलाई मार्ने गम्भीर खेल भएको हुँदा यस प्रकारका निर्णय फिर्ता लिई कृषक र कृषि क्षेत्रको उत्थानका पक्षमा गम्भीर बन्न ध्यानाकर्षण गराउनुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारले कृषकहरुलाई रासायनिक मलमा दिदै आईरहेको अनुदान कटौती गरि अत्यधिक मुल्य वृद्धि गरिनु कुनै पनि कोणबाट ठीक होईन, यसले किसानको पक्षमा मात्रै होईन देशको समग्र व्यवस्थामा पनि असर गर्छ, अनुदानको दायरा बढाउँदै लैजानुपर्नेमा अनुदान कटौती गरिनु र रासायनिक मलमा भारी मात्रामा मुल्य वृद्धि गरिनु किमार्थ देश र जनताको हीतमा छैन र हुनै सक्दैन, यो निर्णय तत्काल फिर्ता लिई सहज, सुलभ रुपमा कृषकलाई अनुदानमा मल उपलब्ध गराउन नागरिक समाज दाङ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।ु समयमा मल नपाउने पीडाबाट आक्रान्त किसानलाई सहुलियत दिनुको साटो कृषि क्षेत्र नै धरासयी बनाउने खेलमा नलाग्न सरोकार सबै निकायमा पनि विज्ञप्तिमार्फ ध्यानाकर्षण गराईएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, युरिया मल किलोमा ११ रुपैयाँ, डीएपी किलोमा ७ रुपैयाँ र पोटास किलोमा ९ रुपैयाँले महँगो भएको छ । बढेको मूल्यअनुसार अब युरिया मलको प्रतिकिलो किसान मूल्य २५ रुपैयाँ, डीएपीको ५० रुपैयाँ र पोटासको ४० रुपैयाँ कायम भएको छ ।

यस अघि १४ रुपैयाँमा युरिया, ४३ रुपैयाँमा डीएपी र ३१ रुपैयाँ किलोमा पोटास विक्री मुल्य रहेको थियो । मलमा समग्रमा ७० प्रतिशत किसान अनुदान रहेकामा त्यसलाई कटौती गरेर ५९ दशमलव ४ प्रतिशतमा झारिएको मन्त्रालयले जनाएको छ । ११ दशमलव ७८ प्रतिशतले अनुदान कटौती गर्दा किसानलाई मलको खरिद लागत बढेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार युरिया मलको अनुदान ० दशमलव ११ प्रतिशतबाट घटाएर ६४ दशमलव ४९ प्रतिशत कायम गरिएको छ ।

यस्तै डीएपी मलको अनुदान ५९ दशमलव ४ प्रतिशतबाट घटाएर ५२ दशमलव ३ प्रतिशतमा सीमित गरिएको छ भने पोटासमा दिंदै आइएको ५८ दशमलव २ प्रतिशत अनुदानलाई घटाएर ४६ दशमलव ०९ प्रतिशत कायम गरिएको मन्त्रालयले जनाएको छ ।

Facebook Comments