• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मगर खाम भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न




घोराही, ३० फागुन । मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्र दाङको आयोजनमा हिजो देखि दाङको घोराहीमा सुरु भएको दुईदिने मगर खाम भाषा प्रशिक्षण कार्यक्रमको आज समापन गरिएको छ ।

मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्र दाङका अध्यक्ष कृतिमान पुनको अध्यक्षता तथा वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यता एवं सल्हाकार हरिमान पुनको विशिष्ट आतिथ्यतामा प्रशिक्षण कार्यक्रमको समापन गरिएको हो ।

समापन कार्यक्रममा बोल्ने वक्ताहरूले मगर भाषाको महत्त्वको वारेमा चर्चा गर्दै मुलुकको समग्र विकासका लागि हरेक भाषा तथा संस्कृतिको संरक्षण हुनुपर्ने धारणा व्यक्त गरेका थिए । सबै भाषाको संरक्षणका लागि राज्यले विशेष ध्यान दिनुपर्ने उनीहरूको भनाइ थियो ।

मगर खाम भाषा प्रशिक्षण कार्यक्रमको प्रशिक्षकमा मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्र दाङका अध्यक्ष कृतिमान पुन र असोक पुनमगर रहनुभएको थियो । समापन कार्यक्रमको सहजिकरण महासचिव प्रकाश पुनले गर्नुभएको थियो ।

Facebook Comments