सल्यान, ३० फागुन । सल्यानमा बनगाडको जङ्गलमा सिकार खेल्न गएका एक जनाको बन्दुकको गोली लागेर मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका – ९ स्वारा का अन्दाजी १६ वर्षका चित्र बहादुर रावतको मृत्यु भएको हो ।
सोमबार बेलुका अन्दाजी ४० वर्षका आइते रावत र सोही ठाँउ बस्ने बस्ने चित्र बहादुर रावत गाउ नजिकै रहेको जंगलमा शिकार खेल्न गएको बेला आइते रावतले बोकेको भरुवा बन्दुक एक्कासि पड्किदा चित्र बहादुर रावतको पेट र घाटिमा गोलि लागि घाइते भएको र उनको उपचारको लागि सुर्खेत तर्फ लैजादै गर्दा सोहि नगरपालिकाको ओरघाटमा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो ।

उक्त घटनाको स्थानीयले प्रहरीलाई खबर गरे पछि । प्रहरी टोली घटना स्थलमा पुगी घटनास्थल गएर वरपर लगाएत फरार रहेका आइते रावतको घरमा समेत खोजतलास गर्दा उक्त बन्दुक र फरार ब्यक्ती फेला नपरेकोले र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।भने शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
