विद्यार्थी नेता हिमाल महरा यतिबेला स्ववियु अध्यक्षको दौड हुनुुहुन्छ । साविक राप्तीको पुरानो र ठूलो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पसमा साझा अखिलका अध्यक्ष पदका उम्मेदवार महरा विद्यार्थीमाझ निकै स्थापित र लोकप्रिय नेताको रुपमा चिनिनुहुन्छ ।
दाङको पहाडी क्षेत्र बंगलाचुली वडा न ६ रिभानमा २०५३ मङ्सिर २५ गते जन्मेका हिमाल महराले सुधा प्रावि रिभानबाट प्रारम्भिक अध्ययन आरम्भ गर्नुभएको थियो । महराको परिवार २०६३ सालमा बसाइँसराइ गरी घोराही आएपछि मावि रझेनामा भर्ना भई २०६९ सालमा एसएलसी उत्तीर्ण गरी घोराहीकै दीपशिखा कलेजमा अध्ययन गर्दै गर्दा अखिल क्रान्तिकारी जिल्ला कमिटी दाङको सदस्य हुँदै विद्यार्थी राजनीतिमा स्थापित हुनुुभएको थियो ।
प्लस टुपछि महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा बिज्ञान विषय भौतिक शास्त्रमा स्नातक तहको पढाइसँगै महराले लामो समय विभिन्न विद्यालयमा शिक्षण पेशा पनि गर्नुभयो । 

विद्यार्थीहरुको समस्यालाई नजिकबाट बुझ्ने मौका पाएका महराले विद्यार्थी आन्दोलनबाटै त्यसको निराकरण सम्भव देखेर पूर्ण रुपमा शिक्षण पेशाबाट राजीनामा दिएर नेकपाकालीन अनेरास्ववियूको जिल्ला सचिवालय सदस्यमा चयन हुनुुभएको थियो ।
त्यस पश्चात् सम्म्पन्न अखिल क्रान्तिकारी घोराही उपमहानगर पालिकाको प्रथम अधिवेशनबाट नगर अध्यक्षको रूपमा चयन हुँदै कार्यकारी पदमा रहेर साङगठनिक कार्य सम्पादन गरेको अनुभव रहेका महरा २०७८ भदौमा सम्पन्न अखिल क्रान्तिकारी जिल्ला समिति दाङको २३ औं अधिबेशनबाट जिल्ला उपाध्यक्षको रूपमा चयन हुँदै जिल्ला तहको नेतृत्वमा प’नéएको थियो ।
राजनीतिक शास्त्र विषयमा स्नातकोत्तर दोश्रो वर्ष प्रथम खण्ड अध्ययनरत महरा चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनमा अध्यक्षको उम्मेदवारको रुपमा चुनाव लड्न थाल्नुुभएको थियो ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
