• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घाेराहीमा दुईदिने मगर खाम भाषा प्रशिक्षण सुरू




घाेराही, २९ फागुन । मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्र दाङकाे आयाेजनमा आजदेखि दाङकाे घाेराहीमा दुईदिने मगर खाम भाषा प्रशिक्षण कार्यक्रम शुरू भएकाे छ ।

मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्र दाङका अध्यक्ष कृतिमान पुनकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाेल्ने वक्ताहरूले मगर भाषाकाे महत्त्वकाे वारेमा प्रकाश पारेका थिए । उनीहरूले मुलुककाे समग्र विकासका लागि हरेका भाषा तथा संस्कृतिकाे संरक्षण हुनुपर्ने धारणा व्यक्त गरेका थिए । सबै भाषाकाे संरक्षणका लागि राज्यले विशेष ध्यान दिनुपर्ने उनीहरूकाे भनाइ छ ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि नेपाल मगर संघ लुम्बिनी प्रदेशका सल्लाहकार हरिमान पुनले स्थानीय भाषाहरूलाई सरकारी कामकाजमा प्रयाेग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयाे ।

उपाध्यक्ष खगेन्द्र पुनकाे स्वागत मन्तब्यबाट शुरू भएकाे कार्यक्रमकाे सञ्चालन महासचिव प्रकाश पुनले गर्नुभएकाे थियाे ।

Facebook Comments