• ६ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बङ्गलाचुलीलाई खरको छानामुक्त बनाउन मन्त्री शर्माको आग्रह




बङ्गलाचुलीलाई खरको छानामुक्त बनाउने सन्दर्भमा सन्चार तथा सूचना प्रविधिमन्त्री एवम् दाङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य रेखा शर्माको पहलमा आज आफ्नै मन्त्रालयको कार्यकक्षमा शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यलाई बोलाएर छलफल गर्नुभएको छ ।

खरको छाना बिस्थापन नगर्दा आगलागीलगायतका जोखिम बढिरहेकाले यसमा उल्लेख सहयोग गर्न सचिवलाई निर्देशन दिनुभएको थियो । उहाँले झोलुङ्गे पुल, सडक, शहरी विकासलगायत अन्य पूर्वाधार निर्माणमा पनि दाङलाई प्राथमिकता दिन सचिवलाई आग्रह गर्नुभयो ।

सो क्रममा बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुन (सुवास)ले आफ्नो पालिकामा १७०० घरधूरी खरको छानामुनि रहेको, पालिका र प्रदेशको समन्वयमा तीन करोड बजेट छुट्याएर काम गरिरहेको जानकारी गराउदै संघीय सरकारबाट पनि उल्लेख्य सहयोग पाउने आशा व्यक्त गर्नुभयो ।

सो क्रममा पहिरो पीडितको पुनर्स्थापनाको सवालमा पनि छलफल भएको थियो भने अध्यक्ष पुन बिपत प्राधिकरणमा पनि पुगेर पहिरोपीडितको पुनर्स्थापनाका लागि शीघ्र काम अघि बहाउनु आग्रह गर्नुभएको थियो । भेटमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मन्त्री शर्माका प्रमुख स्वकीय सचिव हेमराज शर्मा डायमण्डको पनि उपस्थिति रहेको थियो ।

Facebook Comments