• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विचार: स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीको एजेन्डा




मोहनराज भुषाल

अखिल(क्रान्तिकारी)को आफ्नै गौरव गर्न लायक इतिहास छ । जनयुद्धको समयमा त्याग, तपस्या, बलिदान र समर्पणले ओतप्रोत जिवन्त आदर्श विद्यार्थी नेताहरूमा थियो । फलस्वरूप केही समयमा जनयुद्ध उत्कर्ष पुग्यो ।

विद्मार्थि नेता गंगालाल श्रेष्ठ देखी वेनोज अधिकारी सम्मका नेपाली विद्मार्थि आन्दोलनको इतिहास अध्ययन गर्दा पनि विद्मार्थिहरू सधै प्रतिपक्ष भुमिका रहेको देखिन्छ । अखिल(क्रान्तिकारी)को विगतदेखि वर्तमानमा पनि सधैं राज्यले गरका दमन विरूद्धको आन्दोलनमा छ ।

विद्यार्थी संगठन राज्यले गरेका सकारात्मक कामको समर्थन र विद्मार्थि तथा आम जनताको अहित हुने कामको सधै बिपक्ष वा प्रतिपक्ष रहेर भण्डाफोर गर्दै खवदारी गर्ने सचेत समुह हो ।

राज्यले प्रदान गर्ने शिक्षा निःशुल्क, समान, माटो सुहाँदो र समाजवादी शिक्षा हुनु पर्छ भन्दै माग राख्दै गर्दा तत्कालीन राज्य पक्षले हल्का रुपमा लिएपछि युवा विद्मार्थिले क्रान्तिको मसाल उठाउदै जनयुद्धमा सामेल भएका थिए ।

अखिल(क्रान्तिकारी) तत्कालीन समय देखी वर्तमान सम्म शैक्षिक माफियाका विरुद्ध जेहाद चलाउने संगठनको रुपमा स्थापित छ । परिणाम स्वरूप, आज नेपालको विद्मार्थि आन्दोलनमा जनयुद्धलाई महत्वपुर्ण कोसेढुङ्गाको रुपमा लिईन्छ । जनयुद्धको जगमा ०६२ र ०६३ सालको १९ दिने जनआन्दोलन सफल भयो, परिणाम स्वरूप वर्तमान समयमा देशमा गणतन्त्र आएको छ ।

शैक्षिक क्षेत्रका माफिया विरुद्ध संघर्ष सोचे अनुरूप हुन सकेको छैन । सरकारको व्यवस्थाले सरकारी विद्मालयहरूमा विद्मार्थि घट्दो क्रममा छन । निजि विद्मालयहरू फस्टाईरहेका छन । विश्वविद्मालयहरू आफैले सम्वन्धन दिएका निजि क्याम्पसले लगाम लगाए जस्तो देखीन्छ ।

शिक्षा पुर्ण रुपले ब्यापारको केन्द्र वन्न खोजेको जस्तो देखिन्छ।अचम्म र उदेक लाग्दो के छ भने राज्यका नियम कानुनलाई व्यवस्था गर्दै निजि क्षेत्रका संचालकहरूले आफै नियम वनाऊ छन । राज्य दर्शक जस्तो देखीएको वर्तमान अवस्था हो ।

भारतिय शासकको ज्यादती सिमा क्षेत्रका जनता माथि छलङ्ग देखिन्छ । विदेशी शक्ती केन्द्रको चलखेल दिनानुदिन बढ्ने क्रममा छ । मुलुको सार्वभौम सत्ता कमजोर बनाउने खेल भईरहेको आभाष हुन्छ ।

राष्ट्रीयताको सवालमा सवै दलहरूको एउटै आवाज हुन जरूरी छ । शैक्षिक रूप जनतालाई जागरण गर्दै राष्ट्रीयता मजवुत वनाऊन आवश्यक छ । शिक्षा र राष्ट्रीयता एक आपसमा परिपुरक हुन ।

नयां संविधानले मुलुकलाई समाजवादी दिशा तर्फ उन्मुख गरेको छ । मुलुकलाई अशिक्षाको अन्धकार बाट हटाई शिक्षाको उज्यालो दियो वाल्न काम युवा विद्मार्थिहरूको उत्तरदायित्व हो ।

(लेखक अखिल क्रान्तिकारी दाङका कार्यालय सदस्य हुन्)

Facebook Comments