• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
विद्यालय शिक्षा सहयोगको अनुगमन




श्रवण कुमार यादव
देउखुरी, २८ फाल्गुन। क्रेटिङ पोसिबिलिटिज नेपाल (सिपि ) नेपालद्वारा आर्थिक बर्स २०७९/०८० मा गरिएका शिक्षा सहयोग कार्यक्रमहरुको स्थानिय सरकार , प्रशासन तथा जिल्ला समन्वय समितिद्वारा अनुगमन तथा अवलोकन गरिएको छ ।

बालबालिकाको शिक्षा तथा बाल बिकास केन्द्रको सुधार र आमा समुह सहयोग कार्यक्रम अन्तर्गत राप्ति गाउँपालिका वडा नं ६ को ज्ञानोदय माध्यामिक विद्यालय पत्थर गढवाको बालविकास केन्द्र, कम्प्युटर ल्याब तथा भवनको अवलोकन गरिएको हो। सिपि नेपालको सहयोगले यस विद्यालयमा भौतिक तथा शैक्षिक रुपमा धेरै प्रगति भएको प्राधानाध्यापक इन्द्रदेवले चौधरी बताउनुभएको हो ।

त्यसै गरि राजपुर गाउँपालिका वडा नं २ मा रहेकाे जनज्योति माध्यामिक विद्यालयमा भवन , बालबिकास केन्द्र,कम्प्युटर ल्याब,बिज्ञान प्रयोगशालाको अनुगमन गरिएको हो ।अनुगमनको क्रममा जनज्योति माध्यामिक विद्यालयका प्रधानाध्यापक केशव राम यादवले विद्यालयको भौतिक पुर्बाधार र शैक्षिक गुणस्तर कायम गर्नमा सिपि नेपालको महत्वपुर्ण योगदान रहेको बताउँदै विद्यालय परिवारले सिपि नेपालप्रति कृतज्ञ रहेको बताउनु भयो। अतिथिहरुलाई स्वागत् गर्दैै सिपी नेपालले गरेकाे सहयोग र योगदानबारेमा विस्तृप्त जानकारी गराउनुभएको हो।

त्यसै गरि गढवा गाउँपालिका स्थित सिपि नेपालको जिल्ला स्तरिय स्थलगत अवलोकन तथा आर्थिक बर्स २०७९/८० मा भए गरेका कार्यक्रमका प्रतिबेदनका साथै आर्थिक वर्ष २०८०/०८१ प्रस्तावित बजेट तथा कार्यक्रमको बारेमा छलफल सरोकारवालाहरुसंग गरिएको छ। छलफलमा सिपि नेपालको प्रगति प्रतिबेदन तथा आगामि कार्यक्रम तथा बजेट बारे सिपि नेपालकि कार्यक्रम प्रमुख सरिता चौधरिले प्रस्तुत गर्नु भएको थियो ।

अनुगमन कार्यक्रम जिल्ला समन्वय समिति दाङका प्रमुख श्री नित्यानन्द शर्मा, राजपुर गाउँपालिका दाङका उपाध्यक्ष धनपति देवी यादव, राप्ति गाउँपालिका दाङका उपाध्यक्ष कमलावती चौधरी, गढवा गाउँपालिका दाङका उपाध्यक्ष शारदा चौधरी, जिल्ला समन्वय अधिकारी मोहन सुवेदी, जिल्ला समन्वय कार्यलयका प्रशासकीय अधिकृत चन्द्र बहादुर केसी, जिल्ला प्रशासन कार्यालय प्रमुख प्रशासकीय अधिकृत, राजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पाण्डे, ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविना वली, राप्ती गाउँपालिका दाङका शिक्षा शाखा अधिकृत विश्वास विक, राजपुर गाउँपालिका शिक्षा शाखा अधिकृत केशव लम्साल, राप्ती गापाका सामाजिक विकास समिति सदस्य गिता चौधरी, जिल्ला प्रशासन कार्यालय दाङका नासु गंगा राम पोख्रेल, महिला ग्रामिण उत्थान केन्द्र दाङका प्रमुख आसमानी चौधरी, सिपी नेपालका सरिता चौधरी, दिपा चौधरी, हेम राज शर्मा, प्रेसा चौधरी, रिया चौधरी, सीता कुमाल, पत्रकार दशरथ घिमिरे, सुदर्शन, दुखरण यादव, गीता चौधरी, छवि पुरी लगाएतका आतिथ्यहरुकाे सहभागितामा अनुगमन भएकोे हो।

Facebook Comments