• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मन्त्री शर्मा–राजदूत भेटवार्ता, घोराही–तुलसीपुर सडक विस्तारको ढिलाइप्रति ध्यानाकर्षण




काठमाठौं, २८ फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उहाँहरुबिच भेटवार्ता भएको हो ।

भेटका क्रममा दुइ पक्षीय हित र सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट सहयोग आदानप्रदानका बिषयमा छलफल भएको थियो । भेटमा मन्त्री शर्माले दुई देशबिच सरकारी र जनस्तरमा रहेको सम्बन्धलाई अझै सुदृढ बनाउनुुपर्नेमा जोड दिनुभएको थियो ।

भेटमा मन्त्री शर्माले भारतीय ऋण सहयोगमा निर्माणाधीन विकास आयोजनामा भइरहेको ढिलाइप्रति ध्यानाकर्षण गराउनुभएको थियो । भारतको एक्जिम बैंकको ऋण सहयोगमा निर्माणाधीन दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माणमा भइरहको ढिलाइप्रति चासो व्यक्त गर्दै उहाँले यसलाई चाँडो सम्पन्न गर्ने सवालमा भारत सरकारको सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

भारतको तथ्य इञ्जिनियरिङ कन्सल्टेन्सीले निर्माण जिम्मा लिएको सो आयोजनामा आठ जना स्थानीय निर्माण व्यवसायी परिवर्तन भए पनि प्रगति हुुन सकेको छैन ।

भेटवार्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको पनि सहभागिता रहेको थियो ।

Facebook Comments