• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
होटल हस्पिटालिटि प्रशिक्षण कार्यक्रम सम्पन्न 




घोराही, २८ फागुन । दाङको घोराहीमा अस्ति शुक्रबारदेखी सुरु भएको होटल हस्पिटालिटि प्रशिक्षण कार्यक्रमको समापन गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ को आर्थिक सहयोग तथा दाङ देउखुरी होटल व्यवसायी समितिको आयोजनामा गरिएको होटल हस्पिटालिटि प्रशिक्षणको एक औपचारिक कार्यक्रम गरेर समापन गरिएको हो ।
समितिका अध्यक्ष दिपेन्द्र पुनको अध्यक्षता तथा समितीका केन्द्रिय सदस्य तथा निवर्तमान अध्यक्ष रुद्रबहादुर डाँगीको प्रमुख आतिथ्यता तथा वडा नंम्बर १४ का वडासदस्य रचना कुमालको विशिष्ठ आतिथ्यतामा समापन कार्यक्रम गरिएको हो ।No description available.
तिन दिने तालिमको प्रशिक्षकहरुमा घोराही उपमहानगरपालिका अन्तरगत रहेको सरसफाइ शाखा प्रमुख लक्षमण अधिकारी, कृष्णसेन ईच्छुक बहुप्राविधिक शिक्षालयका दुई शिक्षकहरु पुरन बुढा, सोनम आचार्य, विकास केन्द्र दाङका उपाध्यक्ष डा।  लोकराज पराजुली र नुमप्रसाद पाण्डेले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण कार्यक्रममा वडा नंम्वर १४ भित्रका ६० जना व्यवसायीको सहभागिता रहेको थियो । समापन  कार्यक्रमको सहजिकरण सचिव श्यामकुमार विकले गर्नुभएको थियो ।
Facebook Comments