सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित सम्पर्क कार्यलय:
घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected] विज्ञापनका लागि 9809855403
युएईविरुद्ध नेपाल ब्याटिङमा
२७ फाल्गुन २०७९, आईतवार
काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले युएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस जितेको छ र पहिले ब्याटिङ रोजेको छ । युएईले सुरुआतमा फिल्डिङ गर्नेछ । करण केसी र ज्ञानेन्द्र मल्ल टिमबाट बाहिरीदा स्पिनर ललित नारायण राजवंशी र अलराउण्डर गुलशन झा टिममा समावेश भएका छन् ।
नेपालको प्लेईङ-११
आसिफ शेख (विकेट किपर),कुशल भुर्तेल,गुलशन झा, रोहित पौडेल (कप्तान),भिम सार्की,दीपेन्द्र सिंह ऐरी,आरिफ शेख,कुशल मल्ल,ललित नारायण राजवंशी,सोमपाल कामी र सन्दीप लामिछाने
पहिलो खेलमा जित हात पारेको नेपाल आजको खेलमा पनि जित निकाल्न चाहन्छ । पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी(पीएनजी)लाई पराजित गरेको थियो ।
विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका तीन खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ ।
युएई भने यस सिरिजको दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । युएई पहिलो खेलमा पीएनजीसँग पराजित भएको थियो ।
विश्वकप लिग टूको शीर्ष ३ मा रहने सम्भावना सकिएको युएई बाँकी तीन खेल जितेर एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम राख्न चाहन्छ ।
युएईलाई एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम राख्न नेपाललाई पराजित गर्नेपर्ने हुन्छ । यो खेल जितेर नेपाल भने २ खेल अगाबै एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायमै राख्न चाहन्छ ।
सात देश सम्मिलित विश्वकप लिग टूमा ३३ खेलमा १६ मा जित तथा १५ मा हार व्यहारेको छ । नेपाल ३४ अंक जोडेर अंक तालिकाको पाचौं स्थानमा रहेको छ ।
उता, युएई भने ३३ खेलमा १४ खेलमा जित तथा १६ खेलमा हार व्यहोरेको छ । ३१ अंक जोडेर युएई छैटौं स्थानमा रहेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।