• २४ माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि १ र २ वडालाई




तुल बहादुर कवँर मगर
मसुरियाँ / दाङको राप्ती गाउँपालिकाको आयोजनामा बिहीबारदेखि सञ्चालित अध्यक्ष कप फुटबल प्रतियोगिता एक भव्य समारोह बिच वडा नम्बर ३ काे सिरीचाैर खेलमैदानमा शनिबार सम्पन्न भएको छ।

फागुन २५ गतेदेखि प्रारम्भ भएको फुटबल प्रतियोगिताको पुरुष तर्कको फाइनल खेलमा वडा नम्बर २ले वडा नम्बर १ काे फुटबल टिमलाई १ को विरुद्ध २ गोलले पराजय गरि विजेता भएको छ। भने महिला तर्फकाे फाइनल खेलमा वडा नम्बर १ ले वडा नम्बर २ काे फुटबल टिमलाई शून्यको विरुद्ध २ गोल गर्दै विजेता बनेको छ।

खेलमा विजेता र उपविजेता बनेका खेलाडीहरुलाई क्रमश ४० र ३० हजार नगदसहित कप मेडल र प्रमाणपत्र प्रदान गरिएको खेल सञ्चालन समितिका सदस्य सचिव विश्वास विकले जानकारी दिनु भएको छ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा आयोजित फुटबल खेलको समापन समारोहमा लुम्बिनी प्रदेश सरकारका भाैतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारुले खेलको माध्यमबाट पनि खेलाडीले आफ्नो गाउँ, समाज र राष्ट्रलाई चिनाउन सक्ने विचार व्यक्त गर्दै अनुशासित खेलाडीले नै राम्रो नतिजा प्राप्त गर्न सक्ने धारणा राख्नुभयो ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना गरिएको साे अध्यक्ष कप फुटबल प्रतियोगितामा पालिका अन्तर्गतका १८ टिमकाे सहभागिता रहेको थियो ।

Facebook Comments