सल्यान, २७ फागुन । सल्यानमा जिप र मोटरसाइकल एकआपसमा ठोकिदा दुई जना घाइते भएका छन् ।शनिबार दिउँसो
छिन्चु जाजरकोट सडकखण्ड अन्तर्गत जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा न.-१ घोरेरी झुलुङ्गे पुल नजिक जिप र मोटरसाइकल एक-आपसमा ठोकिदा दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय देवस्थल सल्लीबजारका इन्चार्ज ऋषिराम दाहालले जानकारी दिनु भयो ।
उहाका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका – वडा न. ९ बस्ने २९ वर्षकै लक्ष्मण खड्का र सोही ठाउ बस्ने २९ वर्षीय लोक बहादुर रावत घाइते भएका हुन । घाइते दुवैको सल्यानको सल्लीबजारमा सामान्य उपचार पछि थप उपचारका लागि रावतलाई नेपालगञ्ज पठाइएको र खड्का भने सामान्य घाइते भएका छन्
जाजरकोटबाट सुर्खेत जाँदै गरेको बागमती प्रदेश –१–०२७ च ४०६९ नम्बरको जिप र बिपरित दिसाबाट रुकुम जाँदै गरेको सुपप्र०१–००८ प ४०२ नम्बरको मोटरसाइलक आपसमा ठोकिएका हुन । घटनाको कारण नखुलेको अनि जिप र जिप चालकलाई नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
