• ४ चैत्र २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न




तुल्सिपुर दाङ / बिशाल ओलि
गुरु जजुर इको क्लबको आयोजनामा क्लबको पहिलो वार्षिकोत्सवको अवसरपारी “रक्तदान नै जिवन दान” भन्ने मुल नाराका साथ  रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

गुरु जजुर माध्यमिक बिधालयको प्राङ्गणमा सम्पन्न सो रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेका थिए ।

त्यतै आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि गुरु जजुर मा.बि रक्षाचौरकि प्राध्यापक श्री विष्णु कुमारी केसीले इको क्लबले विभिन्न समयमा बिद्यालय लाई सरसफाइ मुक्त बिद्यालय बनाउन सकारात्मक कार्य गर्दै आइरहेको र अहिल पछिल्लो समयमा देश भर रगतको अभाव हुदै गइरहेको र रगत नभएकै कारण कतिपय मानिस हरुले ज्यान गुमाउनु परेको जस्ता समस्यालाई मध्यनजर गर्दै इको क्लबले गरेको यो महान कार्य प्रति बिद्यालय को तर्फबाट धन्यवाद व्यक्त गर्नुभएको थियो । साथै उहाले विद्यार्थीहरुले जुन उदेश्य लिएर इको क्लब संचालन गरिरहेका छन् यस् तर्फ बिद्यालय गर्नुपर्ने साथ सहयोग सधै भैरहने समेत बताउनुभएको छ ।

त्यस्तै इको क्लबका पुर्व अध्यक्ष केबि ओलिले इको क्लब स्थापना अथवा वार्षिकोत्सवको अवसरमा सम्पुर्णमा शुभकामना व्यक्त गर्नु भएको थियो । आफुहरुले बिद्यालयमा वातावरण संरक्षण र गुणस्तरीय शिक्षाको लागी गत बर्ष देखी उक्त क्लब संचालन गरेको र आफुहरुले संचालन गर्दै गर्दा धेरै विद्यार्थी साथि हरुको,शिक्षक हरुको दिएको साथ सहयोगले गर्दा आज यहाँ सम्म इको क्लब आउन सफल भएकोमा सम्पुर्ण शिक्षक ,शिक्षिका,विद्यार्थी साथीहरूलाई धन्यवाद व्यक्त गर्नु भएको । यस्तै उहाले आगामी दिनहरूमा पनि यस्तै साथ सपोर्टको अपेक्षा रहेको बताउनुभएको छ ।

यस्तै एक फरक प्र.न राख्दै ओलिले आफुहरुले २०२४ सम्म गुरु जजुरलाई बिद्यालयलाई सरसफाइ मुक्त बिद्यालय घोषणा गर्ने गरि इको क्लबका सम्पुर्ण पदाधिकारी लाग्न आग्रह पनि गर्नु भएको छ ।

यस्तै इको क्लबका संरक्षक शिक्षक गोपाल बुढाथोकीले इको क्लबले एक बर्षको बिचमा विभिन्न चरणमा थुप्रै काम गर्दै आइरहेको र अहिले पछिल्लो समयमा देशको स्वास्थ्य क्षेत्रलाई मध्य नजर गर्दै इको क्लबले संचालन गरेको यो रक्तदान कार्यक्रमले आफू धेरै खुशी भएको बताउनुभएको हो । आगामी दिनहरूमा पनि इको क्लबले यस्तै कार्य गर्दै जानेछ भन्नेमा आफू पुर्ण आशावादी रहेको समेत उहाले बताउनुभएको छ ।

यस्तै मानवीय सेवाको उदात्त भावनाबाट अभिप्रेरित भई देशभर रगत अभाव हुन नदिन तथा रगतकोआपुर्ती सहज होस भनि आज रक्तदान कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष विशाल ओलिले बताउनुभयो ।क्लबले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको र आगामीदिनमा पनि जारी रहने समेत ओलिले बताएका छन।

क्लबका पुर्व अध्यक्ष, सल्लाहकार, एवं कार्य कारिणी समिति र क्लबका सदस्यहरुको सहयोगमा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको पनि उहाले बताउनुभएको हो ।यस्तै रक्तदान कार्यक्रममा रक्तसञ्चार सेवा केन्द्र तुल्सिपुरका इन्चार्ज नरेश चौधरीले सहयोग तथा सहकार्य गरेका थिए भने सबैको स्वास्थ्य अबस्था चेकजाँच गरेर मात्र रक्तदान सरल , सहज तथा सकारात्मक ढंगले सम्पन्न भएको पनि उहाले बताउनुभएको हो ।

गुरु जजुर इको क्लबका अध्यक्ष बिशाल ओलिले अध्यक्षता तथा बिद्यालयकि प्रधानाध्यापक विष्णु कुमारी के.सि को प्रमुख अतिथिमा संचालन गरिएको उक्त कार्यक्रममा इको क्लबका पुर्व अध्यक्ष केबि ओलि , इको क्लबका संरक्षक शिक्षक गोपाल बुढाथोकी , प्रधानाध्यापक बिष्णु कुमारी के.सि लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालक त्यसै क्लबका सचिव खुमराज खनालले गरेका थिए।

Facebook Comments