दाङको घोराही उपमहानगरपालिका ४ स्थित मावि डाँडागाउँ गोग्लिको विद्यालय व्यवस्थापन समिति निर्वाचनमा नेकपा माओवादी केन्द्रको एकल प्यानल विजयी भएको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त प्यानललाई पराजित गर्दै माओवादी केन्द्रको एकल प्यानल विजयी भएको हो ।
कूल ४९९ मत खसेकोमा माओवादी केन्द्रका उम्मेदवारहरु सुमन रोका २७७, शम्भु योगी २८८, रचनी चौधरी २७५ र गिता सुनार २७३ मतसहित विजयी हुनुभएको हो । सदस्यहरुको बैठकबाट अध्यक्ष निर्वाचित गर्ने प्रावधान छ ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
