• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एकीकृत समाजवादी निकट अनेम संघको जिल्ला अध्यक्षमा पुनः ससमती चौधरी




फागुन २६ दाङ । नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल महिला संघ दाङको जिल्ला सम्मेलनले ससमती चौधरीलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ ।

त्यसैगरि उपाध्यक्ष्यमा झुमा गुरुङ र लक्ष्मी गिरी निर्वाचित भएका छन् भने शुसिला न्यौपाने, हेलना मिया क्रमशः सचिव र सहसचिवमा निर्वाचित भएका छन् । त्यसैगरि भक्ति पौडेल कोषाध्यक्षमा निर्वाचित भएकी छिन् ।
एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासीको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला भेलाले चौधरीको नेतृत्वमा ५१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको हो ।No description available.

जिल्ला सम्मेलनको उद्घाटनपछि मन्तव्य राख्दै समाजवादीका केन्द्रीय सचिव विश्वासीले आजका महिलामा जीवन, जगत, ज्ञान र विज्ञानबारे निरन्तर अध्ययन हुनुपर्ने धारणा राखेका थिए ।
‘नेपालको संविधानले महिलालाई नेतृत्वदायी भूमिकाको संवैधानिक व्यवस्था गरेकाले सो अवसर लिन अग्रसर हुनुपर्छ । अब छोराहरुले मात्र मुलुक चल्ने दिन गए । तसर्थ छोरीहरु अर्थात् महिलाहरु राजनीति वा भनौँ नेतृत्व विकासमा अग्रसर हुनै पर्छ । तपाईंहरु अगाडि बढ्नुस् ।’ विश्वासले थपे ।
मन्तव्य कै क्रममा समाजवादीकी केन्द्रीय सदस्य एवं लुम्बिनी प्रेदेशकी उपसचिव शारदा श्वर्णकारले समाजवादी शैली अपनाउन कार्यकर्ताहरुलाई आग्रह गरिन् ।

कार्यक्रममा अनेम संघकी केन्द्रीय सचिव अनारकली मिया, समाजवादीका जिल्ला अध्यक्ष शुरामणि बेल्बासे, उपाध्यक्ष चुर्ण बहादुर वली, सचिव डिल्ली डाँगी, चित्रा मल्ल, शोभा शाह लगायतले मन्तव्य राखेका थिए ।

Facebook Comments