• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ओलीलाई मेटमणिको कटाक्षः फुटाऊ र राज गर को बाटो त्याग्ने कि




फागुन २६ ।
एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवं पूर्वमन्त्री मेटमणि चौधरीले एमाले अध्यक्ष केपी ओलीलाई घुमाउरो शैलीमा कटाक्ष गरेका छन् ।
राष्ट्रपति निर्वाचनमा नौ दलका साझा उम्मेदवार रामचन्द्र पौडेल भारी मत सहित विजय भएपछि उनले सामाजिक संजालमा लेखेका छन्, ‘अझै पनि राजनीतिमा ढाँटको खेति गर्ने, झुक्याएर अघि बढ्ने, विभाजन गर्ने र अरुको अपमान गरेर रमाइलो मान्ने चेतना भइरह्यो भने सधैभरिलाई एक्लो भइन्छ ।’

एकीकृत समाजवादीका सांसद समेत रहेका चौधरीले केपी ओलीप्रति लक्षित गर्दै घमण्ड त्याग्न, सत्य कुरा गर्न र अरुले महसुस गर्नेगरि व्यवहारमा देखाउन सुझाएका छन् ।
राष्ट्रपति निर्वाचन अघि माधव नेपालसँगको वार्तामा ओलीले ३ घण्टा गफ दिएको प्रसंग कोट्याउदै सांसद चौधरीले फेसबुकमा लेखेका छन््, ‘अरुको अपमान हुनेगरि ३ घण्टा बोलेर बहादुर र जान्ने भइन्छ भन्ने चेतनाबाट मुक्त बन । भ्रमको खेति नगर । अरु पनि बुझ्ने छन् भन्ने बुझिराख । अनि मात्रै राजनीतिमा पार पाइन्छ ।

Facebook Comments