• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राजपुरमा अवैध रुपमा गिट्टी–बालुवा उत्खनन र दोहन गर्ने ट्याक्टर नियन्त्रणमा




श्रवण कुमार यादव
फाल्गुन २६, राजपुर। सबैलाई रात परेपनि यति बेला लमही नगरपालिका-८ गिधनिया घाटका र राजपुर गाउँपालिका-३ खरदरियाका तस्कर भने रातभर नदी दोहनमा व्यस्त हुने गरेको पाइएको छ । केही दिन यता राप्ति नदीमा नदीजन्य पदार्थको दोहन अत्याधिक भैरहेको पाइएको हो।

लमही नगरपालिकाको ८ नंबर वडा गिधनीया घाट र राजपुर गाउँपालिका ३ नम्बर वडा भित्रको सिमानामा पर्ने राप्ती नदीको क्षेत्रको स्थानबाट पटक पटक बालुवा, गिट्टी, मिस्कट र ढुङा लगायताका नदिजन्य पदार्थ अबैधरुपमा चोरि तस्किरी गरेको पाएपछि आज शुक्रबार राती सुराकीको आधारमा राजपुर गाउँपालिका वडा नं ३ का जनप्रतिनिधि वडा अध्यक्ष राम प्रसाद यादव र स्थानीयबासी लाल बहादुर यादवको अगुवाइमा स्थानीयबासी लगाएतका संचारकर्मिको टोलीले स्थलगत अनुगमन गर्नुभएको थियो।

राती करिब ११:३० बजेको समयमा प्रत्यक्ष अनुगमनमा गएका टोलीले केही सामान जफत गरेको बताउदै अनुगमनका क्रममा नदीजन्य पदार्थ चोरी गर्दै गर्दाको अवैध ट्रयाक्टरलाई नियन्त्रणमा लिएको बताउनुभयो। गाडी नम्बर नै नभएको एउटा ट्रयाक्टर र केही सामग्रीहरू नियन्त्रणमा लिएको र अरु ट्रयाक्टरहरु भागेको खण्डमा नियन्त्रणमा लिन नसकेको बताउनुभयो।

नियन्त्रणमा लिएको ट्रयाक्टरमा भने चालक लेबर कोही नभएको अवस्थामा रहेको थियो तर गाडीबाट बालुवा अनलोड गरेको थियो। गाडी बालुवामा फसेर भाग्न नसक्दाको बेला नियन्त्रणमा लिएको हो। यस सम्बन्धमा प्रहरी चौकी बेलालाई जानकारी गराई आवश्यक अनुसन्धान गर्न लगाइएको छ।

Facebook Comments