• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चट्याङ लागेको घरमा अबलोकन, पीडितलाई तत्काल क्षतिपूर्ति प्रदान गरिने




देउखुरी / राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट ,उपाध्यक्ष कमलापती चाैधरी र प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले चट्याङ परेर क्षति पुगेको एक घरको बिहीबार अवलोकन गर्नुभएको छ।

बुधबार बेलुकी पानीसँगै परेको चट्याङले पालिकाकाे वडा नम्बर ३ नयाँबस्ती मसुरीया निवासी मनकुमारी बिकको घरमा क्षति पुर्‍यएकाे थियो।

चट्याङले बिकको घरकाे जस्तापाताकाे छानामा क्षती पुर्‍यएकाे छ भने मानवीय क्षती भने भएको थिएन ।
क्षति पुगेको घरको अवलोकन पश्चात् अध्यक्ष विष्टले पीडित विकको घर परिवारलाई तत्काल क्षतिपूर्ति प्रदान गरिने बताउनु भएको छ।

साे अवसरमा पालिकाकाे विपत व्यवस्थापन शाखाका प्रमुख सुवास भट्टराई ,राेजगार संयाेजक मुमाराम भुसाल ,पत्रकार महेश चन्द्र रिजाल लगायतको सहभागिता रहेकाे थियो ।

Facebook Comments