• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राजपुर – ७ मा झोलुङ्गे पुलको उदघाटन 




श्रवण कुमार यादव
राजपुर-२५, फाल्गुन। राजपुर गाउँपालिका वडा नं ७ काे ताली खोलामा नवनिर्मित झोलुङ्गे पुलको आज उद्घाटन गरिएको छ ।

आज बिहीबार एक औपचारिक कार्यक्रकाविच ताली खोलामा पुलको उद्घाटन गरिएको हो। राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले उक्त पुलको उद्घाटन गरेका हुन। पुल नहुदा स्थानियलाई बर्षायाममा समस्या हुदैँ आएको थियो। पुल निर्माण भएपछि स्थानिय खुसी भएका छन् ।

४८लाख ४३ हजार ६ सय ३९ दशमलव ६१को अनुमानित लागतमा ताली खोलामा झुलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको छ।

झोलुङ्गे पुल निर्माण गर्न गठित उपभोक्ता समितिका अध्यक्ष सुरज खड्काको अध्यक्षता र राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आथित्यता एवं राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपति देवी यादवकाे विशिष्ट अथिती, त्यस्तै वडा नम्बर ७ का वडा अध्यक्ष पुष्कर ओली, लगाएतका स्थानियहरुको उपस्थितीमा पुल उद्घाटन कार्यक्रम सम्पन्न गरिएको राजपुर गाउँपालिका उपाध्यक्ष धनपति देवी यादवले जानकारी दिनुभएको हो।

Facebook Comments