• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बसको ठक्करबाट सल्यानमा मोटरसाइकल चालकको मृत्यु




सल्यान, २५ फागुन । बसले ठक्कर दिदा सल्यानमा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बिहीबार दिउँसो करिब ४: ३० बजे जिल्लाको त्रिवेणी गाउँपालिका ६ शंखमुलमा बसले ठक्कर दिँदा मोटरसाइकल चालक जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर – ३ पालेखोला बस्ने अन्दाजी १९ वर्षीय अजय वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो ।

प्रहरीका अनुहार सल्यान श्रीनगर देखि त्रिवेणी गाउँपलिकाको काभ्रा जाँदै गरेको लु २ ख १२२२ नम्बरको बसले बिपरित दिशाबाट गइरहेको रा ५प ३०४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते वलीको थप उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेको बताइएको छ ।

घटनाको कारण नखुलेको र ठक्कर दिने बस,मोटरसाइकल अनि बसको चालक त्रिबेणी गाउँपालिका ६ का होम सिंह बुढाथोकीलाई प्रहरीको नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments