• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
परिवर्तनको विरुद्धमा दलालहरुले मोर्चा बनाए: इन्चार्ज ओली




मदन विसी
रुकुम पुर्व / माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर, नेपाल रुकुम पुर्वको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहिवार सदरमुकाम रुकुमकोट स्थित बिएलबी होटेलमा एक कार्यक्रमका बीच वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
साधारणसभाको उद्घघाटन माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य तेजबहादुर ओलीले गरे ।

सभाको उद्घघाटन कार्यक्रमलाई सम्बोधन गर्दै इन्चार्ज ओलीले परिवर्तनको विरुद्धमा देशमा दलालहरुले मोर्चा बनाएको बताएका छन । उक्त मोर्चा र घेराबन्दीका बिरुद्ध सबै माओवादी घटक एक ठाउँमा उभिनु पर्नेमा उनले जोड दिए ।

हामी स्वतन्त्र प्रेसको कुरा गर्दछौ । त्यो मात्रै पत्रकारिता होइन । इन्चार्ज ओलीले भने समाज रुपान्तरणलाई केन्द्रमा राखी भएका ब्यवस्था संस्थागत गर्न कलमको आवश्यक छ । क्रान्तिकारी र परिवर्तनकारी पाटिको मिसन जनताको बिचमा पुर्याउन उनले सेन्टर निकट पत्रकारलाई आग्रह गरेका छन ।

काङ्ग्रेस र एमाले इमानदार नहुदा देशमा नयाँ गठबन्धन बनेको ओलीले बताए । अहिलेको ब्यवस्था जोगाउन नयाँ समीकरण बनेको छ ।

उनले थपे जनयुद्धको जगमा बनेको संविधान, संघीयता र गणतन्त्रलाई अनन्तकालसम्म लैजान राजनीतिले नयाँ मोड लिएको हो । माओवादी र काङ्ग्रेस एक ठाउँमा नहुदासम्म शान्ती प्रक्रियाका बाकी काम टुंगोमा नपुग्ने ओलीले दाबी गरेका छन ।

प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका महासचिव भुप्रेन्द्र ओलीले रुकुम पुर्व चानचुने जिल्ला नभएको बताएका छन ।
रुकुम पुर्व सामान्य जिल्ला होइन । साधारणसभामा आफ्ना धारणा राख्दै उनले भने यो जिल्ला प्रेस सेन्टरको संस्थापक जिल्ला हो । परिवर्तनकारी बिचार जन्मेको जिल्ला हो ।

हिजो एउटा हातमा बन्दुक र अर्को हातमा कलम लिएर युद्धमा होमिएको जिल्ला रुकुम भएको ओलीले स्मरण गराए । पत्रकारिताको बीचबाट पाटी र संगठनका कामलाई संगै अघि बढाउनु पर्नेमा महासचिव ओलीले जोड दिएका छन ।

हामिले गर्ने पत्रकारिता जनतासंग जोडिएको हुनुपर्छ । उनले भने एजेन्डामा आधारित पत्रकारिता अहिलेको आवश्यकता हो । हाम्रो पत्रकारिताले समाजको दिशा निर्देश गर्छ । गर्नुपर्छ । जनयुद्ध र जनक्रान्तीलाई प्रतिगमनका झुन्डले अतिरन्जित गर्न खोजेको भन्दै उनले असन्तुष्टि जनाएका छन । पछिल्लो पुस्तामा जनयुद्धको गरिमा बढाउन अपरिहार्य रहेको ओलीले बताएका छन ।

कार्यक्रममा प्रेस सेन्टरका उपाध्यक्ष बिक्रम परियारले संगठनको समग्र प्रतिवेदन र कोषाध्यक्ष हिक्मत प्रोतेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाको अवसरमा रेडियो पुर्बी रुकुममा कार्यरत तीन सन्चारकर्मी प्रेस सेन्टरमा प्रवेश गरेका छन ।

Facebook Comments