• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विविध कार्यक्रम गरी राजपुरले मनायो ११३ औं अन्तराष्ट्रिय महिला दिवस




श्रवण कुमार यादव/मेगमन बुढा
दाङ । राजपुरको जंग्रहवामा विविध कार्यक्रमको बीचमा ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

रजपुर गाउँपालिका उपाध्यक्ष धनपती देवी यादवको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पाण्डेको विशेष अतिथिमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले अब महिला हिंसा न्यूनीकरण गर्नका लागि सम्पूर्ण महिलाहरु कम्मर कसेर लाग्नु पर्ने बताउनु भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष बुढाथोकीले राजपुर गाउँपालिकाको प्रमुख उदेश्य भनेको महिला हिंसा न्यूनीकरण गर्ने रहेको बताउनु भयो । त्यस्तै उहाँले आज राजपुर गाउँपालिकाले विभिन्न जनचेतनामूलक कार्यक्रमहरु प्रवाह गर्ने र सीपमूलक तालिमहरु संचालनगरि महिलाहरुलाई आत्मनिर्भर बनाउन सक्ने एउटा अभियान चलाएको बताउनु भयो । यस्तै अहिले छुट्टै छात्रा वृत्तिको व्यवस्थापनगरि पढ्न नसक्ने बालिकाहरुलाई पढ्न सहज बनाउन गाउँपालिकाले बजेटको व्यवस्थापन समेत गरेको अध्यक्ष बुढाथोकीले बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा उपाध्यक्ष धनपती देवी यादवले
गाउँ-समाजका महिला दिदीबहिनीहरु अझै एकजुट नभएको खण्डमा राजपुर गाउँपालिका धेरैपछि बताउनु भयो । गाउँ,घरमा घट्ने विभिन्न घट्नाहरुलाई न्यूनीकरण गर्नका लागिनै यस्ता कार्यक्रमहरुको आयोजना हुने गरेको हुँदा सबैजना महिलाहरु कार्यक्रममा सहभागी भएपछि अनुशासन
भएर कार्यक्रमको उदेश्य बारेमा बुझ्नु पर्ने धारणा राख्नु भएको थियो ।

अहिले राजपुरमा विभिन्न संघ-संस्थाहरुलेपनि जनचेतनामूलक कार्यक्रमहरुको व्यवस्थापनगरि कार्यक्रमहरु संचालन गरिरहेको हुँदा सो कार्यक्रमहरुमा सहभागी भएर लाभ लिन आग्रह समेत गर्नु भयो ।

त्यस्तै वडा नम्बर ७ का वडा अध्यक्ष पुष्कर ओलीले
महिला-पुरुष एकजुट भएर नलाग्दासम्म समाजमा हुने विभिन्न महिला हिंसा नरोकिने बताउनु भयो ।
विभिन्न सरोकारवाला निकायहरु बीचमा अझैपनि एक आपसमा सहकार्य एवं समन्वय नभएको खण्डमा फेरिपनि निर्मला पन्त जस्ता धेरै दिदीबहिनीहरुले न्याय नपाउने र यस्ता घटनाहरु घटिरहने बताउनु भयो ।

यसैगरी वडा नम्बर ५ का वडा अध्यक्ष टंकबहादुर विष्टले महिला हिंसा रोक्ने कार्यमा वडादेखि दिनु पर्ने साथ सहयोग कहिलेपनि कमि हुन नदिने बताउनु भएको छ । त्यस्तै उहाँले नेपालको जनसंख्याको आधार महिलालाई अधिकार दिनु पर्ने धारणा राख्नु भयो ।

त्यस्तै वडा नम्बर ३ का वडा अध्यक्ष रामप्रसाद अहिरले यो सृष्टिमा आउँदा पहिले महिलाहरु एक देवी भएर आएको र अहिले सृष्टि चलाउनमा महिलाको महत्त्वपूर्ण भुमिका रहेको हुँदा महिलालाई राज्यले सम्मान गर्नु पर्ने बताउनु भयो ।

यस्तै वडा नम्बर २ का वडा अध्यक्ष ओमप्रकाश यादवले यो समाजमा महिलाले महिलालाई नै हिंसा गर्ने प्रविधिको अन्त्य हुन जरुरी रहेको बताउनु भयो ।
पुरुषले मात्र गरेर नहुने र महिला र पुरुष एकजुट भएमात्र महिला हिंसा रोकिने उहाँको तर्क थियो ।
त्यस्तै उहाँले आउदो वर्ष वडादेखि कार्यक्रमहरु गर्दै गाउँपालिकामा पुगेर यो भन्दा भब्य कार्य गर्नको लागि गाउँपालिकाले वातावरण मिलाउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा वक्तित्वकला प्रतियोगिता मार्फत राजपुर गाउँपालिका वडा नम्बर ३ का रक्षा यादव प्रथम,वडा नम्बर ७ का आकृति बोहरा दृित्य,वडा नम्बर ५ का मिना भण्डारी तृतीय दितृय,वडा नम्बर २ बालिका न्यौपाने सान्त्वना हुनु भएको छ । त्यस्तै लोक गीत प्रतियोगितामा राजपुर-२ का आशा नेपाली प्रथम,वडा नम्बर ३ का राजपती यादव दृित्य,वडा नम्बर ६ का निर्मला सुनार तृत्य,वडा नम्बर १ का खुशी बिक सान्त्वना हुन भएको छ । यसैगरी कुर्सी दोडमा वडा नम्बर ५ का शिवा चौधरी पहिलो,वडा नम्बर ६ का पबित्रा बुढा दोस्रो,वडा नम्बर ५ का मन कुमारी घर्ती तेस्रो र वडा नम्बर २ का पुजा आचार्य सान्त्वना हुनु भएको निर्णायक मन्दलका निर्णयक द्वय रामवरण यादव र गिरिराज भट्टले जानकारी दिनु भयो ।

लैङ्गकि समानताको बलियो आधार सृजनात्मक प्रविधिमा पहिलो पहुँचको विस्तार भन्ने मुल नाराको साथमा राजपुर गाउँपालिकाको आयोजना तथा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र (डिड्स) को सह-आयोजनामा सम्पन्न भएको कार्यक्रम उक्त कार्यक्रममा वडा नम्बर ४ का पारस यादव,वडा नम्बर ३ का भानुदेव यादव,धर्मी यादव लगायतका टिमले औधी गीतबाट जनचेतनामूलक सन्देश प्रवाह हुनेगरि गित प्रस्तुत गर्नु भएको थियो ।

महिला तथा बालबालिका शाखा राजपुरका प्रमुख सुनिता चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखा राजपुरका सामाजिक परिचालक कमला पुलामीले गर्नु भएको थियो ।

Facebook Comments